प्रिमियर लिगमा आर्सनलद्वारा सेफिल्ड युनाइटेड ५–० गोल अन्तरले पराजित

सेफिल्ड युनाइटेडलाई पराजित गर्दै आर्सनल इंग्लिस प्रिमियर लिगको दोस्रो स्थानमा उक्लिएको छ।

इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले सेफिल्ड युनाइटेडलाई ५–० गोल अन्तरले पराजित गर्दै दोस्रो स्थानमा उक्लिएको छ।

शनिबार राति भएको खेलमा आर्सनलका तर्फबाट पहिलो गोल एडवार्ड निकेठाले २८ औँ मिनेटमा गरे। ५० औँ र ५८ औँ मिनेटमा लगातार गोल गर्दै निकेठाले ह्याट्रिक पूरा गरे। ८८ औँ मिनेटमा फावियो फेरेराले पेनाल्टीमा गोल प्रहार गर्दै आर्सनललाई फराकिलो जिततर्फ अग्रसर बनाएका थिए।

दोस्रो हाफको अतिरिक्त समयमा टेकेहेरो तोमियसुले गोल गर्दा आर्सनल अन्ततः ५ –० गोलको एकतर्फी जित निकाल्न सफल भयो । प्रिमियर लिग अन्तर्गत अर्को खेलमा बर्नमाउथले बर्नलेलाई २–१ गोल अन्तरले पराजित गरेको छ। 

शीर्ष स्थानमा रहेको टोटनह्यामको १० खेलबाट २६ अंक रहेको छ भने आर्सनलको समान खेलबाट २४ अंक रहेको छ। एक खेल कम खेलेको म्यानचेस्टर सिटी भने २१ अंकका साथ तेस्रो स्थानमा रहेको छ। सेफिल्ड युनाइटेड भने अंक तालिकाको पुछारमा छ।