प्रशिक्षक देसाईले विपक्षी टीमहरूलाई कमजोर आँक्न नहुने, तर नेपाली टीम राम्रो लयमा रहेको तर्क गरे।
काठमाडौँ– नेपाली राष्ट्रिय क्रिकेट टिमका प्रमुख प्रशिक्षक मोन्टी देसाईले सोमबारबाट शुरू हुने टी–२० विश्वकप छनोटका आफ्नो टोली तयार रहेको बताएका छन्।
प्रतियोगितापूर्व पत्रकारसँगको अन्तरक्रियामा प्रशिक्षक देसाईले विपक्षी टीमहरूलाई कमजोर आँक्न नहुने, तर नेपाली टीम राम्रो लयमा रहेको तर्क गरे। राम्रो नतिजाका लागि आवश्यक रणानीतिहरू तयार गरिएको उनको भनाइ छ।
"हामी केही समयदेखि राम्रो खेलिरहेका छौँ, आफ्नो कमजोरीहरूमा सुधार गरेका छौँ। सबै खेलाडीलाई आफ्नो रोल र गेम प्लान थाहा छ। हामी आफ्ना बलिङ र ब्याटिङ दुवैमा विश्वस्त छौँ," उनले भने, "हाम्रो लागि प्रत्येक म्याच महत्त्वपूर्ण छन्। त्यसैले वान गेम एट अ टाइम भन्ने हाम्रो मन्त्र हुनेछ।"
उनले घरेलु मैदानमा हुन गइरहेको प्रतियोगिता नेपालका लागि ठूलो अवसर भएको बताए। त्रिकोणात्मक सिरिजको फाइनलमा भोगेको हारलाई बिर्सिएर अघि बढ्ने उनको भनाइ छ।
त्यस्तै कप्तान रोहित पौडेलले पछिल्लो समय नेपाली टोलीले राम्रो खेलिरहेको दाबी गर्दै, त्रिकोणात्मक शृंखलाको फाइनलमा केही गल्तीका कारण हार्नुपरेको स्वीकार गरे।
"हामीले शुरूको १० ओभरमा राम्रो ब्याटिङ गरिरहेका थियौँ। तर, पछाडिको १० ओभरमा कोल्याप्स भयो," उनले भने।
छनोट खेलमा ब्याटिङ अर्डर पनि आवश्यकताका आधारमा परिर्माजन हुने कप्तान पाैडेलले बताए। उनले भने "हामी लचक हुनुपर्छ। ओपनरहरू फिक्स्ड हुन्छ, अरु आवश्यकता अनुसार तलमाथि गर्न सकिन्छ।"
कुनै पनि टीमलाई कमजोर रूपमा नलिइने र आफ्नोतर्फबाट 'बेस्ट' खेल्ने कप्तान पौडेलको भनाइ छ। सन्दीप लामिछानेको कमब्याकले नेपालको बलिङ मजबुत हुने उनीहरुको विश्वास छ।
पहिलो खेल नेपालले सोमबार सिंगापुरसँग खेल्नेछ। यस्तै, दोस्रो खेल कात्तिक १४ गते मंगलबार मलेसिया र तेस्रो खेल कात्तिक १६ गते ओमानसँग खेल्नेछ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
