भारतले डिफेन्डिङ च्याम्पियन इंग्ल्यान्डलाई १०० रनले पराजित गरेको छ।
काठमाडौँ– भारतले विश्वकप क्रिकेट २०२३ अन्तर्गत आइतबार भएको खेलमा डिफेन्डिङ च्याम्पियन इंग्ल्यान्डलाई पराजित गरेको छ। इंग्ल्यान्डलाई १०० रनले पराजित गरेको भारतको जारी खेलमा यो छैटौँ जित हो।
लखनउको इकाना स्टेडियममा भएको खेलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारतले ५० ओभरमा ९ विकेट गुमाउँदै २२९ रन बनायो।
भारतका लागि कप्तान रोहित शर्माले १०१ बलमा १० चौका र ३ छक्का प्रहार गर्दै सर्वाधिक ८७ रन बनाए। सूर्यकुमार यादवले ४९ रनको योगदान दिए। इंग्ल्यान्डका डाभिड विलीले ३, क्रिस वक्स र अदिल रसिदनले २/२ विकेट लिए।
भारतले दिएको २३० रनको लक्ष्य पछ्याएको इंग्ल्यान्ड ३४.५ ओभर खेलेर १२९ रन बनाएर अलआउट भयो। इंग्ल्यान्डका लागि लियान लिभिङस्टोको २७ रन नै सबैभन्दा ठूलो व्यक्तिगत स्कोर रह्यो। भारतका मोहम्मद शमीले ४ र जसप्रीत बुमराहले ३ र कुलदीप यादवले २ विकेट लिए।
इंग्ल्यान्डलाई पराजित गरेसँग भारत अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ। लगायत ६ खेल जितेको भारतको १२ अंक छ। इंग्ल्यान्ड भने १० औँ नम्बरमा छ। जारी प्रतियोगितामा खेलेका ६ खेलमध्ये एक मात्र जित हात पारेको इंग्ल्यान्डको २ अंकमा छ।
भारतले इंग्ल्यान्डलाई २० वर्षपछि पराजित गरेको हो। भारतले अन्तिम पटक सन् २००३ मा इंग्ल्यान्डलाई ८२ रनले हराएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
