म्यानचेस्टर युनाइटेडमाथि सिटीकाे सहज जित, हाल्यान्डकाे २ गाेल

सिटीको जितमा हालान्डले २ गोल गर्दा १ गोल फिल फोडेनले थपेका थिए। 

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत म्यानचेस्टर डर्बीमा सिटीले सहज जित निकालेको छ। सिटीका सट्राइकर अर्लिङ हाल्यान्डको दुईगाेलसहित युनाइटेडको मैदान वल्ड टाफोर्डमा सिटीले ३–० को जित दर्ता गरेको हो।

सिटीको जितमा हालान्डले २ गोल गर्दा १ गोल फिल फोडेनले थपेका थिए। २६ औँ मिनेटमा हालान्डले पेनाल्टीमार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए। यस्तै, उनले खेलको ४९ औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गरे। ८० औँ मिनेटमा फिल फोडेनले गोल गरेपछि सिटी ३–० को सहज जित निकाल्न सफल भयो।

जितपछि सिटी २४ अंकका साथ तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। १५ अंकसहित युनाइटेड आठौँ स्थानमा छ।