कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको टसमा सिंगापुरका कप्तान अरित्र दत्तले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन्।
काठमाडाैँ– आईसीसी टी२० विश्वकप एशिया छनोटको पहिलो खेलमा नेपालले शुरूमा बलिङ गर्ने भएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको टसमा सिंगापुरका कप्तान अरित्र दत्तले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन्।
आईसीसी टी–२० विश्वकप एशिया छनोटका फाइनल खेल सोमबारदेखि काठमाडौंमा शुरू हुँदैछन्। प्रतियोगितामा नेपालसहित एशियाका उत्कृष्ट ८ एसोसिएट राष्ट्रले प्रतिस्पर्धा गर्दैछन्।
प्रतियोगिताको पहिलो दिन सोमबार कुल चार खेल हुनेछन्। समूह 'ए' मा रहेका नेपाल र सिंगापुरबीचको पहिलो खेल त्रिवि मैदानमा ९ बजेदेखि हुन गइरहेको छ। यस्तै समूह 'ए'अन्तर्गत नै ओमान र मलेसियाबीचको खेल पनि टीयू मैदानमै दिउँसो सवा १ बजे शुरू हुनेछ।
यस्तै समूह बीअन्तर्गत यूएई र बहराइनबीचको खेल अहिले ९ बजे र समूह 'बी' कै अर्का दुई टोली हङकङ र कुवेतबीचको खेल पनि दिउँसो सवा १ बजे मुलपानीमा आयोजना हुनेछ। १९ कात्तिकसम्म सञ्चालन हुने प्रतियोगितामा दुवै समूहबाट शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन्। सेमिफाइनल जित्दै फाइनल पुग्ने दुई टोली अर्को वर्ष अमेरिका र वेस्टइन्डिजमा हुने टी–२० विश्वकपमा छनोट हुनेछन्।
घरेलु मैदानमा हुने छनौट खेलमा शीर्ष दुईमा रहेर विश्वकप पुग्ने सुनौलो अवसर पाएको नेपालले मौकाको सदुपयोग गरी उम्दा प्रर्दशनमार्फत विश्वकप पुग्ने लक्ष्य पूरा हुनेगरी आज प्रर्दशन गर्नुपर्ने देखिन्छ। दोस्रो खेलमा नेपालले मंगलबार मलेसिया र १६ गते बिहीबार ओमानसँग खेल्नेछ ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
