सोमबार सम्पन्न खेलमा सिंगापुरलाई ८ विकेटले पराजित गर्दै नेपालले विजयी शुरूआत गरेको हो।
काठमाडाैँ– ओपनर कुशल भुर्तेलको अर्धशतकप्रेरित घरेलु टोली नेपालले आईसीसीटी–२० विश्वकप एशिया छनोटमा विजयी शुरूआत गरेको छ। सोमबार सम्पन्न खेलमा सिंगापुरलाई ८ विकेटले पराजित गर्दै नेपालले विजयी शुरूआत गरेको हो। सिंगापुरले दिएको १४६ रनको लक्ष्य नेपालले १६.३ ओभरमा २ विकेट गुमाउँदै १४७ रन बनायो।
नेपालले बलिङमा झैँ ब्याटिङमा पनि राम्रो शुरूआत गरेको थियो। पहिलो विकेटका लागि ओपनरद्वय भुर्तेल र आशिफ सेखले ८४ रनको साझेदारी गरेका थिए। १०औँ ओभरको पहिलो बलमा सेख अक्षय पुरीको बलमा बोल्ड भए। उनले २६ बलमा २ चौका र १ छक्का प्रहार गरे।
१७औँ ओभरको दोस्रो बलमा कुशल अफ साइड स्विपरमा थिलिपन ओमाईदुराईबाट क्याच आउट भए। अनन्था कृष्णको बलमा आउट हुनुअघि उनले ४८ बलमा ८ चौका र २ छक्कासहित ७४ रन बनाए।
कप्तान रोहितकुमार पौडेलले २४ बलमा २ चौका र २ छक्कासहित अविजित रहँदै ३५ रन प्रहार गरे। उनले कुशलसँग दोस्रो विकेटका लागि ७७ रनको साझेदारी गर्दै जितनजिक पुर्याएका थिए। कुशल मल्ल ६ रनमा अविजित रहे। उनले १ बलमा १ छक्का प्रहार गरे। सिंगापुरका आनन्था कृष्णा र अक्षय पुरीले १/१ विकेट लिए।
टी–२० आईमा कुशलले भेटे दीपेन्द्रको सर्वाधिक अर्धशतकको कीर्तिमान
ओपनर कुशल भुर्तेलले टी–२०आईमा सर्वाधिक अर्धशतक प्रहार गर्ने दीपेन्द्रसिंह ऐरीको कीर्तिमान बराबरी गरेका छन्। कुशलले सिंगापुरविरुद्ध २६ बलमा ६ चौका र २ छक्का प्रहार गर्दै अर्धशतक पूरा गरेर कीर्तिमान बराबरी गरेका हुन्।
भुर्तेलको टी–२०आई मा यो सातौँ अर्धशतक हो। उनले २५ इनिङ्समा सातौँ अर्धशतक प्रहार गरेका हुन्। उनले १७ अप्रिल २०२१ मा कीर्तिपुरमा भएको नेपाल, मलेसिया र नेदरल्यान्ड्स सम्मेलित त्रिकोणात्मटी–२० आई सिरिजमा उनले डेब्यू गरेका थिए। उनले नेदरल्यान्ड्सविरुद्धको पहिलो खेलमै ६२ रनको इनिङ्स खेलेका थिए। त्यसपछि उनले दोस्रो खेलमा मलेसियाविरुद्ध ६१ र तेस्रो खेलमा नेदरल्यान्ड्स ६२ रनको इनिङ्स खेलेका थिए। फाइनलमा उनले नेदरल्यान्ड्सविरुद्ध ७७ रनको इनिङ्स खेल्दै नेपाललाई उपाधि दिलाएका थिए।
२४ फ्रेबुअरी २०२२ मा ओमानमा भएको टी–२० विश्वकप छनोटमा घरेलु टोलीविरुद्ध उनले अविजित रहँदै ५५ रन बनाएका थिए। गत हप्ता कीर्तिपुरमै भएको त्रिकोणात्मक टी–२०आई सिरिजको फाइनल खेलमा यूएईविरुद्ध ५० रन बनाएका थिए।
ऐरीले ४६ इनिङ्समा ७ अर्धशतक प्रहार गरेका छन्। उनीबाहेक पूर्वकप्तान पारस खड्का र कप्तान रोहितकुमार पौडेलले ४/४ अर्धशतक प्रहार गरेका छन्।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको सिंगापुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १४५ रन बनाएको थियो। नेपालले शुरूआत राम्रो गरेको थियो। पहिलो ओभरको दोस्रो बलमै करण केसीले कप्तान आरित्र दत्तलाई बोल्ड गरेका थिए। उनी गोल्डेन डकआउट भए। त्यसपछि सिंगापुरको इनिङ्स रोहन रंगाराजन र सुरेन्द्रन चन्द्रमोहनले उकासेका थिए। उनीहरूले दोस्रो विकेटका लागि ५२ रनको अर्धशतकीय साझेदारी गरे। तर, सुरेन्द्रन सातौँ ओभरको पाँचौँ बलमा सन्दीप लामिछानेबाट बोल्ड भए। उनले १० बलमा ६ रन जोडे।
आठौँ ओभरको पहिलो बलमा गुलशनकुमार झाले रोहनलाई सन्दीप जोराबाट स्क्वायर लेगमा क्याच गराए। रोहनले ३० बलमा ९ चौका र १ छक्कासहित ४६ रन बनाए। रोहन आउट भएपछि सिंगापुर सम्हालिन सकेन। गुलशनले फ्याँकेको आठौँ ओभरको पाँचौँ बलमा अमर्त्य कउल उनैबाट क्याच हुँदै गोल्डेन डकआउट भए।
११औँ ओभरको दोस्रो बलमा सन्दीपले जनक प्रकाशलाई एलबीडब्यू आउट गरे। उनले ७ बलमा १ चौकासहित ७ रन बनाए।
१७औँ ओभरको तेस्रो बलमा मनप्रीत सिंह अफ साइड स्वीपरमा कप्तान रोहितकुमार पौडेलबाट २४ रनमा आउट भए। करणको बलमा आउट हुनुभन्दा अगाडी उनले २६ बलमा ३ चौका प्रहार गरे।
मनप्रीतले आर्यबीर चौधरीसँग छैठौँ विकेटका लागि ४८ रनको साझेदारी गरेका थिए। १८औँ ओभरको दोस्रो बलमा थिलिपन ओमाईडुराई थर्ड म्यानमा रहेका सन्दीप जोराबाट क्याच आउट भए। अविनाश बोहोराबाट आउट हुनुअघि उनले ४ बलमा १ रन बनाए। सोही ओभरको चौथो बलमा स्लिपनजिक अनन्थ कृष्ण रोहितबाट क्याच भए। उनी अविनाशकै बलमा गोल्डेक डकआउट भए।
२०औँ ओभरको तेस्रो बलमा आर्यबीर चौधरी अफ साइड स्वीपरमा करण केसीबाट क्याच आउट भए। अविनासको बलमा आएट हुनुअघि उनले २६ बलमा ५ चौकासहित ३७ रन बनाए। अक्षय पुरी ७ बलमा १ चौका र १ छक्कासहित १३ र कालिमुथु रमेश १ बलमा १ रन बनाउँदै अविजित रहे।
नेपालका लागि अविनाश बोहराले सर्वाधिक ३ विकेट लिए। ४ ओभर बलिङ गरेका उनले १ मेडनसहित ४३ रन खर्चिए। करण केसी, सन्दीप लामिछाने र गुलशनकुमार झाले २/२ विकेट लिए। सोमपाल कामी भने विकेटविहीन रहे।
जितसँगै समूह 'ए' मा रहेको नेपालले दुई अंक जोडेको छ। नेपालले दोस्रो खेल मंगलबार मलेसियासँग कीर्तिपुरमै खेल्ने छ। खेल दिउँसो सवा एक बजेबाट शुरू हुने छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
