सोमबार मुलपानीमा भएको समूह 'बी'को पहिलो खेलमा यूएईले बहराइनलाई पाँच विकेटले पराजित गर्दै विजयी शुरूआत गरेको हो।
काठमाडाैँ– आईसीसी टी–२० विश्वकप एशिया छनोटको खेलमा यूएईले विजयी शुरूआत गरेको छ। सोमबार मुलपानीमा भएको समूह 'बी'को पहिलो खेलमा यूएईले बहराइनलाई पाँच विकेटले पराजित गर्दै विजयी शुरूआत गरेको हो।
बराइनले दिएको १३६ रनको लक्ष्य यूएईले पाँच विकेट गुमाउँदै १० बल बाँकी छँदै भेट्टायो। यूएईका लागि अलि नासरले २७ बलमा चार चौका र तीन् छक्कासहित अविजित सर्वाधिक ४८ रन बनाए। त्यस्तै आशिफ खानले २३, मोहम्मद वसिमले १२ रनको योगदान गरे। बसिल अहम्मद ११ रनमा अविजित रहे। बहराइनका लागि रिजवान बटले दुई तथा साथिया विरापाथिरन, अब्दुल मजिद र सचिन कुमारले समान एक/एक विकेट लिए।
यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको बहराइनले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १३५ रन बनाएको थियो। बहराइनका लागि हैदर बटले ४३ बलमा पाँच चौका र दुई छक्कासहित अविजित ५९ रन बनाए। त्यस्तै जुनेद अजिजले २५ तथा सोहिल अहम्मदले २८ रन जोडे। बहराइनका दुई खेलाडीले खाता नै खोल्न सकेनन् भने दुई खेलाडीले समान ६/६ रनको योगदान गरे।
यूएईका लागि जुनेद सिद्धिगी र आयान अफजल खानले समान दुई/दुई विकेट लिँदा अलि नासिर र कार्तिक मैइएप्पनले समान एक/एक विकेट लिएका थिए।
सोमबार त्रिवि क्रिकेट मैदानमा भएको एशिया छनोट अन्तर्गतकै नेपाल र सिंगापुरबीचको खेलमा नेपालले जित हासिल गरेको छ। सिंगापुरलाई ८ विकेटले पराजित गर्दै नेपालले विजयी शुरूआत गरेको हो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
