मेसीले म्यानचेस्टर सिटीका फरवार्ड अर्लिङ हालान्डलाई पछि पार्दै कीर्तिमानी बालोन डी’ओर अवार्ड जितेका हुन्। फ्रान्सका फरवार्ड केलियन एमबाप्पे तेस्रो भए।
यो वर्षको पुरुष बालोन डी' ओर पुरस्कार अर्जेन्टिना तथा इन्टर मियामीका फरवार्ड लियोनल मेसीलाई प्रदान गरिएको छ। उनले यो पुरस्कार आठौँ पटक जितेका हुन्।
मेसीकै कप्तानीमा तथा सानदार प्रदर्शनमा अर्जेन्टिनाले फिफा विश्वकप जितेको थियो। गत वर्ष कतारमा भएको विश्वकपमा आफ्नो देशलाई जिताउन मद्दत गरेपछि पेरिसमा आयोजित समारोहमा ३६ वर्षीय मेसीलाई यो पुरस्कार प्रदान गरिएको हो। मेसीले म्यानचेस्टर सिटीका फरवार्ड अर्लिङ हालान्डलाई पछि पार्दै कीर्तिमानी बालोन डी’ओर अवार्ड जितेका हुन्।
विश्वकपको फाइनलमा अर्जेन्टिनासँग पेनाल्टी सुटआउटमा ४–२ को हारमा ह्याट्रिक गर्ने दोस्रो व्यक्ति बनेका फ्रान्सका फरवार्ड केलियन एमबाप्पे तेस्रो भए।
हाल अमेरिकन क्लब इन्टर मियमीमा आवद्ध रहेका मेसीले यसअघि २००९, २०१०, २०११, २०१२, २०१५, २०१९ र २०२१ मा यो अवार्ड जितेका थिए।
यस्तै, स्पेनिस फुटबलर अइटाना बोनमाटीले महिलातर्फको बालोन डी’ओर अवार्ड हात पारिन्। स्पेनलाई महिला विश्वकपको उपाधि जिताउन महत्वपूर्ण भूमिका खेलेकी २५ वर्षीया बोनमाटी विश्वकपकै उत्कृष्ट खेलाडी समेत बनेकी थिइन्।
फुटबल क्लब र राष्ट्रिय टोलीका खेलाडीलाई उत्कृष्ट प्रदर्शनको आधारमा हरेक वर्ष यो अवार्ड दिइन्छ। सन् १९५६ देखि हरेक वर्ष पुरुषहरूलाई उत्कृष्ट प्रदर्शनको लागि यो पुरस्कार प्रदान गरिँदै आएकोमा सन् २०१८ देखि महिला खेलाडीलाई पनि बालोन डी’ओर दिन शुरू भएको हो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
