श्रीलंकाले दिएको २४२ रनको लक्ष्य पछ्याएको अफगानिस्तानले ४५.२ ओभरमा ३ विकेटको क्षतिमा लक्ष्य भेटाउँदै जित हात पारेको हो।
भारतमा जारी विश्वकप क्रिकेट अन्तर्गत सोमबार राति सम्पन्न खेलमा अफगानिस्तानले श्रीलंकालाई ७ विकेटले पराजित गरेको छ। पुणेमा श्रीलंकाले दिएको २४२ रनको लक्ष्य पछ्याएको अफगानिस्तानले ४५.२ ओभरमा ३ विकेटको क्षतिमा लक्ष्य भेटाउँदै जित हात पारेको हो।
अफगानिस्तानका ओपनर रहमनुल्लाह गुर्वाज खाता नखेलेरै आउट हुँदा दबाबमा आएको थियो। तर, इब्राहिम जर्दान र रहमत साहले ७३ रनको साझेदारी गरेर टिमलाई माथि ल्याउन मद्दत गरे। इब्राहिम जर्दानले व्यक्तिगत ३९ रन बनाएर आउट भए। त्यसैगरी रहमत साहले भने ७४ बलमा ६२ रनको महत्वपूर्ण पारि खेलेर पभेलियन फर्किए। त्यसपछि कप्तान हस्मतुल्लाह साहिदी र अज्मतुल्लाह ओमरजाईले नटआउट १११ रनको साझेदारी गर्दै जित पक्का गरे। यस्तै, अज्मतुल्लाह ओमरजाईले ७३ तथा हस्मतुल्लाह साहिदीले ५८ रनको नटआउट पारि खलेका थिए। श्रीलंकाका दिलसन मधुसनकाले २ विकेट लिँदा कसुन रन्जिताले एक किवेट हात पारे।
त्यसअघि पहिला ब्याटिङ गरेको श्रीलंका निर्धारित ओभरको ३ बल बाँकी हुँदा २४१ रन बनाएर अल आउट भयो। श्रीलंकाका कुनै पनि ब्याट्सम्यानले अर्धशतकीय पारि खेलेनन्। अफगानिस्तानका लागि फजलहक फारुकीले सर्वाधिक ४ विकेट लिएका थिए।
अफगानिस्तानले जारी विश्वकपमा तेस्रो जित निकाल्दै ६ अंकसहित पाँचौ स्थानमा पुगेको छ। श्रीलंका भने १ स्थान तल झर्दै छैटौँ स्थानमा पुगेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
