नेपाल र मलेसियाबीचको खेल दिउँसो सवा १ बजे कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शुरू हुनेछ।
काठमाडाैँ– आईसीसी टी–२० विश्वकप एशिया छनोटअन्तर्गत समूह ‘ए’को दोस्रो खेलमा नेपालले मंगलबार मलेसियासँग खेल्दैछ।
सोमबारदेखि नेपालमा शुरू भएको टी–२० विश्वकप एशिया छनोटअन्तर्गत पहिलो खेलमा सिंगापुरविरुद्ध सहज जित निकालेको नेपालले मलेसियालाई हराएर सेमिफाइनल पुग्ने दाउमा छ। नेपाल र मलेसियाबीचको खेल दिउँसो सवा १ बजे कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शुरू हुनेछ।
मंगलबार नै समूह ‘ए’अन्तर्गत ओमान र सिंगापुरबीच प्रतिस्पर्धा हुनेछ। खेल बिहान ९ बजे टीयू मैदानमै शुरू हुनेछ। यस्तै समूह ‘बी’अन्तर्गत बहराइन र हङकङबीचको खेल बिहान ९ बजे तथा यूएई र कुवेतबीचको खेल दिउँसो सवा १ बजे मुलपानी मैदानमा शुरू हुनेछ।
समूह चरण 'ए' अन्तर्गगतका आज हुने दुई खेलमा यदि ओमान र नेपाल दुवै विजयी भएमा समूहको अन्तिम खेलअघि नै सेमिफाइनलमा दुवै टोलीले स्थान पक्का गर्नेछन्।
८ टोली सहभागी छनोटमा दुवै समूहबाट शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् भने सेमिफाइनल पुग्ने दुई टोली अर्को वर्ष वेष्ट इन्डिज र अमेरिकामा हुने टी–२० विश्वकपमा छनोट हुन्छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
