रुबियाल्सले भने प्रतिबन्धको विरुद्धमा पुनरावेदन गर्ने बताएका छन्।
स्पेनिस फुटबल फेडेरेसनका पूर्वअध्यक्ष लुइस रुबियाल्समाथि फिफाले तीन वर्षको प्रतिबन्ध लगाएको छ। विश्व फुटबलको सर्वोच्च निकाय फिफाले रुबियाल्समाथि सबै किसिमको फुटबल गतिविधिबाट तीन वर्षको लागि प्रतिबन्ध लगाएको बीबीसीले जनाएको छ।
फिफा महिला विश्वकप २०२३ को विजेता स्पेनिस खेलाडी जेनी हर्मोसोलाई रुबियाल्सले पुरस्कार वितरण समारोहमा चुम्बन गर्दै बधाई दिएका थिए।
उक्त घटनापछि फरवार्ड हर्मोसोले विनासहमति चुम्बन गरेको भन्दै सामाजिक सञ्जालमा असन्तुष्टि पोखेकी थिइन्। विवाद चर्किएपछि रुबियाल्सले गत सेप्टेम्बरमा राजीनामा दिएका थिए। हर्मोसोले पछि रुबियाल्स विरुद्ध कानूनी उजुरी दर्ता गराएकी थिइन्।
यसअघि अस्थायी रूपमा तीन महिनाको निलम्बन गरेको फिफाले अनुन्धानपछि रुबियाल्सलाई तीन वर्षको प्रतिबन्धको निर्णय सुनाएको हो। सोमबार फिफाले अनुशासन संहिताको धारा १३ उल्लंघन गरेको भन्दै तीन वर्षको प्रतिबन्धको घोषणा गरेको हो।
रुबियाल्सले भने प्रतिबन्धको विरुद्धमा पुनरावेदन गर्ने बताएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
