मलेसियासँगको खेलमा नेपालले फिल्डिङ गर्दै

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मलेसियाका कप्तान अहदम फैजले टस जित्दै पहिला ब्याटिङ गर्ने निर्णय गरेसँगै नेपालले पहिला फिल्डिङ गर्ने भएको हो।

काठमाडाैँ– आईसीसी टी २० विश्वकप एशिया छनोटअन्तर्गत् दोस्रो खेलमा नेपालले फिल्डिङ गर्ने भएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मलेसियाका कप्तान अहदम फैजले टस जित्दै पहिला ब्याटिङ गर्ने निर्णय गरेसँगै नेपालले पहिला फिल्डिङ गर्ने भएको हो।

नेपाल लगातार दोस्रो जितको खोजीमा रहेको छ। नेपालले पहिलो खेलमा आइतबार सिंगापुरलाई ८ विकेटले पराजित गर्दै सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाएको थियो। मलेसियाविरुद्धको खेल जिते नेपाल एक खेल अगावै सेमिफाइनलमा पुग्ने छ। यता मलेसिया भने ओमानसँग पहिलो खेलमा ३२ रनले पराजित भएको थियो। सेमिफाइनल पुग्न मलेसियालाई नेपालविरुद्धको खेल गर या मरको स्थितिमा रहेको छ।

नेपालले मलेसियाविरुद्धको खेलमा एक परिवर्तन गरेको छ। अलराउन्ड दीपेन्द्रसिंह ऐरी 'एंकल' (गोलिगाँठो)को चोटका कारण टोलीबाट बाहिरिएसँगै मुख्य प्रशिक्षक मोन्टी देसाईले विवेक यादवलाई मैदान उतारेका छन्।