समूह ‘ए’ अन्तर्गत ओमानले सिंगापुरलाई २२ रनले हराएको छ भने समूह 'बी' अन्तर्गतको खेलमा बहराइनले हङकङलाई २० रनले हराएको हो।
काठमाडौँ– आईसीसी टी–२० विश्वकप एशिया छनोटमा ओमानले सिंगापुरलाई २२ रनले हराएको छ।
समूह ‘ए’ अन्तर्गत मंगलबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न भएको खेलमा ओमानले सिंगापुरलाई २२ रनले पराजित गरेको हो।
समूह चरण अन्तर्गतको आफ्नो पहिलो खेलमा मलेसियालाई ३२ रनले पराजित गरेको ओमान सिंगापुरविरुद्ध विजयी भएसँगै सेमिफाइनल नजिक पुगेको छ।
टस हारेर पहिले ब्याटिङ गरेको ओमानले अकिब इल्यासको अर्धशतकको मदतमा ६ विकेट गुमाएर १७४ रन बनाएको थियो। ओमानका लागि ३५ बल खेल्दै ४ चौका र ४ छक्काको मदतमा अकिबले सर्वाधिक ६३ रनको योगदान गरे। उनी म्यान अफ द म्याच बने। कप्तान जिसान मक्सुदले १६ बलमा २६ रन बनाए। ओमानले दिएको १७५ रनको लक्ष्य पछ्याएको सिंगापुरले २० ओभरमा ८ विकेट गुमाएर १५२ रन मात्र बनाउन सक्यो। दुवै खेल जितेपछि समूह ‘ए’ मा २ खेलबाट ४ अंकसहित ओमान शीर्ष स्थानमा पुगेको छ।
यस्तै, मंगलबार नै भएको समूह ‘बी’ को खेलमा बहराइनले हङकङमाथि सानदार जित हात पारेको छ। मुलपानी क्रिकेट मैदानमा भएको खेलमा १४७ रनको लक्ष्य पछ्याएको हङकङलाई बहराइनले ५ बल अगावै १२६ रनमा अलआउट गरेको हो।
बहराइनको जितपछि समूह ‘बी’को समीकरण रोमाञ्चक बनेको छ। पहिलो खेलमा यूएईसँग पराजित बहराइनले पहिलो जित निकाल्दा कुवेतलाई पहिलो खेलमा हराएको हङकङले पहिलो हार व्यहोरेको छ।
बहराइन र हङकङको दुई खेलबाट समान २/२ अंक छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
