विश्वका सातवटै महादेशका सात उच्च शिखर आरोहण गर्ने अभियानमा रहेका पाण्डेको यो तेस्रो महादेशमा रहेको सफल शिखर आरोहण हो।
काठमाडौँ– नेपाली पर्वतारोही प्रकाशराज पाण्डेले अफ्रिकाको सर्वोच्च शिखर माउन्ट किलिमन्जारोको सफल आरोहण गरेका छन्।
रामेछापको लिखु तामाकोसी गाउँपालिका–७ तिल्पुङमा जन्मिएका ३२ वर्षीय पाण्डेले तान्जानियामा पर्ने ५ हजार ८९५ मिटर अग्लो सो शिखरको सफल आरोहण गरेका हुन्। स्थानीय समय अनुसार मंगलबार (३१अक्टोबर २०२३) बिहान ६ः४० बजे उनले शिखर आरोहण गरेका हुन्।
विश्वका सातवटै महादेशका सात उच्च शिखर आरोहण गर्ने अभियानमा रहेका पाण्डेको यो तेस्रो महादेशमा रहेको सफल शिखर आरोहण हो। उनले सर्वोच्च शिखर सगरमाथा, रसियामा रहेको युरोपको शिखर एलब्रस आरोहण गरिसकेका छन्।
पाण्डेले किलिमन्जारोमा नेपालको राष्ट्रिय झण्डा तथा स्काउटको झण्डा फहराएका थिए। पाण्डेलाई किलिमन्जारो आरोहणका लागि आवश्यक (गियर) सामग्री मकालु आउट फिट ब्राण्डले उपलब्ध गराएको थियो।
सो पर्वत आरोहणका लागि पाण्डे कात्तिक ८ गते नेपालबाट त्यसतर्फ गएका थिए। पाण्डेलाई त्यहाँ जानु अघि पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको झण्डा हस्तान्तरण गरेर बिदाई गरेका थिए। त्यस अघि कलाकार मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य र किरण केसीले पनि उनलाई राष्ट्रिय झण्डा दिएर बिदाइ गरेका थिए।
पाण्डेले हालसम्म नौवटा हिमाल आरोहण गरिसकेका छन्। सन् २०१६ बाट हिमाल आरोहण गर्न सुरु गरेका उनले सन् २०१८ मा विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका थिए। त्यस्तै गत जुन २८ र २९ तारिखमा रसियामा रहेको युरोपको सबैभन्दा अग्लो चुचुरो एलब्रस हिमाल आरोहण गरे।
सन् २०१९ मा किलर माउन्टेन भनेर चिनिने मनास्लु हिमाल पनि आरोहण गरिसकेका छन्। उनले एक वर्षभित्र विश्वका सातवटै महादेशका सात अग्ला चुचुरा आरोहण गर्ने लक्ष्य रहेको बताएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
