न्युजिल्यान्डलाई १९० रनले पराजित गर्दै दक्षिण अफ्रिका तालिकाको शीर्ष स्थानमा उक्लेको छ।
न्युजिल्यान्डलाई १९० रनले हराउँदै दक्षिण अफ्रिकाले फराकिलो जित हात पारेको छ। यो जितसँगै दक्षिण अफ्रिका सात खेलमा १२ अंकसहित भारतमा जारी आईसीसीसी एकदिवसीय विश्वकपको शीर्ष स्थानमा उक्लिएको छ। लगातार तेस्रो पराजय व्यहोरेको न्युजिल्यान्ड समान खेलबाट आठ अंकका साथ चौथो स्थानमा झरेको छ।
पुनेस्थित महाराष्ट्र क्रिकेट संघको मैदानमा बुधबार दक्षिण अफ्रिकाले प्रस्तुत गरेको ३५८ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्ड ३५.३ ओभरमा १६७ रनमा सीमित भयो। न्युजिल्यान्डले खासै राम्रो प्रदर्शन गर्न सकेन। ग्लेन फिलिप्सले न्युजिल्याण्डका लागि सर्वाधिक ६० रन बनाए। शुरूमा डेभोन कोनवे व्यक्तिगत २ रन बनाएर आउट भए भने, त्यसपछि क्रिजमा आएका रचिन रविन्द्र पनि व्यक्तिगत ९ रनमा पभेलियन फर्किएपछि न्युजिल्याण्डले ४५ रनमा दोस्रो विकेट गुमाएको थियो। यस्तै, कप्तान लाथम पनि जम्मा ४ रन जोडेर पभेलियन फर्किए। ड्रेल मिचल २४ रन, मिचेल साटनर र टिम साउथीले ७/७ रन बनाए भने जेम्स निसमले खाता खोल्न सकेनन्। ट्रेन्ट बोल्ट ९ रनमा आउट हुँदा म्याट हेनरी सून्य रनमा नटआउट रहे।
दक्षिण अफ्रिकाका लागि रास्सी भान डेर डुसेनले ११८ बलमा नौ चौका र पाँच छक्काको मद्दतले सर्वाधिक १३३ रनको योगदान गरे। क्विनटन डिककले ११६ बलमा १० चौका र तीन छक्काको मद्दतले ११४ रन बनाए। यसैगरी डेविड मिलरले ३० बलमा चार छक्का र दुई चौकाको मद्दतले ५३ र हेन्ड्रिक क्लासेनले अविजित १५ रन जोडे। न्युजिल्यान्डका लागि टिम साउथीले दुई तथा ट्रेन्ट बोल्ट र जेम्स निशमले समान १/१ विकेट लिए ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
