आईसीसी टी–२० विश्वकप एशिया छनोटअन्तर्गत समूह ‘ए’ को विजेता बन्न बिहीबार नेपाल र ओमानबीच प्रतिस्पर्धा हुँदैछ।
काठमाडाैँ– आईसीसी टी–२० विश्वकप एशिया छनोटअन्तर्गत समूह ‘ए’ को विजेता बन्न बिहीबार नेपाल र ओमानबीच प्रतिस्पर्धा हुँदैछ। खेल बिहान ९ बजे कीर्तिपुरस्थित त्रिवि मैदानमा हुनेछ।
प्रतियोगितामा समान दुई खेल खेलका दुवै टोली अपराजित छन्। पहिलो खेलमा नेपालले सिंगापुरलाई ८ तथा दोस्रो खेलमा मलेसियालाई ६ विकेटले हराएको थियो। यस्तै, ओमानले मलेसियालाई ३२ र सिंगापुरलाई २२ रनले हराएको थियो। नेपाल र ओमानबीचको खेलले समूह ‘ए’ को विजेता तय गर्नेछ। दुवै टोली यसअघि नै सेमिफाइनलमा पुगिसकेका छन्।
टी–२० मा नेपाल र ओमानबीच चार खेल भएका छन्। जसमा नेपाल तीन र ओमान एक खेलमा विजयी भएको छ। त्यसैले पनि नेपालले यो खेल जित्ने सम्भावना बलियो छ।
आज हुने अरु खेलमा समूह ‘ए’ का मलेसिया र सिंगापुरबीच दिउँसो साढे १ बजे कीर्तिपुरमा, समूह ‘बी’ का हङकङ र यूएई बिहान ९ बजे तथा बहराइन र कुवेत दिउँसो साढे १ बजे मूलपानीमा खेल्नेछन्।
आठ टोली सहभागी प्रतियोगिताको फाइनल खेल्ने टोली आगामी वर्ष हुने टी–२० विश्वकपमा स्थान बनाउने छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
