टी–२०आईमा सोमपालको ५० विकेट पूरा

ओमानविरुद्धको खेलमा सोयब खानलाई बोल्ड गर्दै उनले ५० विकेट पूरा गरेका हुन्।

काठमाडाैँ– तीव्र गतिका बलर सोमपाल कामीले टी–२०आईमा ५० विकेट पूरा गरेका छन्।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी आईसीसी टी–२०आई विश्वकप एशिया छनोटअन्तर्गत ओमानविरुद्धको खेलमा सोयब खानलाई बोल्ड गर्दै उनले ५० विकेट पूरा गरेका हुन्। उनले छैठौँ ओभरको पाँचौँ बलमा सोयबलाई बोल्ड गर्दै गोल्डेन डकआउट गरेका थिए।

सन् २०१४ मा बांग्लादेशमा भएको टी–२०आई विश्वकपमा हङकङविरुद्ध डेब्यु गरेका सोमपाल कामीले ५३ इनिंस‍्मा ५० विकेट पूरा गरेका छन्। 

नेपालबाट टी–२०आईमा ५० विकेट पार गर्ने उनी चौँथो खेलाडी हुन्। उनीभन्दा अगाडि सन्दीप लामिछाने, करण केसी र अविनाश बोहराले टी–२०आईमा ५० विकेट पूरा गरेका थिए। सन्दीपले ९२, करणले ७५ र अविनाशले ६२ विकेट लिएका छन्।