कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको ओमानले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १४५ रन बनाएको हो।
काठमाडाैँ– ओमानले आईसीसी टी–२०आई विश्वकप एशिया छनोटको समूह चरणको अन्तिम खेलमा घरेलु टोली नेपाललाई १४६ रनको लक्ष्य दिएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको ओमानले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १४५ रन बनाएको हो। ओमानका लागि कप्तान जिशान मक्शूदले सर्वाधिक ३२ रन बनाए। उनले २६ बलमा १ चौका र ३ छक्का प्रहार गरे। शकील १६ बलमा २ चौका र १ छक्कासहित २२ रन बनाए। बिलाल खान एक बल खेल्दै अविजित रहे।
नेपालविरुद्ध ओमानले खराब शुरूआत गरेको थियो। ओमानले पहिलो पावर प्लेमा ४३ रन बनाउँदै ४ विकेट गुमायो। पहिलो पाँचौँ बलमै ओपनर काश्यप प्रजापती ५ बलमा २ चौकासहित ८ रन प्रहार गर्दै आउट भए। करणले फ्याँकेको बलमा उनी एज लागेर विकेटकिपर आशिफ सेखबाट प्रजापती आउट भएका हुन्। चौथौँ ओभरको पहिलो बलमा सोमपाल कामीले अकिव इलियासलाई २ रनमा बोल्ड गरे।
सोही ओभरको तेस्रो बलमा प्रतीक अथाभालेलाई व्यक्तिगत ८ रनमा जीवनदान दिए। सोमपालले फ्याँकेको बललाई अफ साइडमा खेल्न खोज्दा हावामा रहेको बललाई कप्तान रोहितकुमार पौडेलले एक हातले समात्न खोजेका थिए। तर, उनले मिस गरे। सोही ओभरको अन्तिम बलमा प्रतीकले पुनस् जीवनदान पाए। गुलशनकुमार झाको स्थानमा मैदान छिरेका प्रतीक जीसीले अफ साइडमा आएको बललाई मिस गरे।
पाँचौँ ओभरको अन्तिम बलमा प्रतीक १८ बलमा २ चौका र १ छक्कासहित २४ रन प्रहार गर्दै रोहितबाट अफ साइडमा क्याच आउट भए। उनी गुलशनको बलमा आउट भएका हुन्।
छैठौँ ओभरको पाँचौँ बलमा सोयब खान सोमपालबाट बोल्ड हुँदै गोल्डेन डकआउट भए। ५.४ ओभरमा ४-३८ को स्थितिमा रहेको ओमानको इनिङ्स कप्तान जिशान मक्शूद र आयन खानले अगाडी बढाएका थिए। उनीहरूले पाँचौँ विकेटका लागि ४९ रनको साझेदारी गरे। आयन १४औँ ओभरको पहिलो बलमा २५ बलमा २ चौकासहित १८ रन बनाउँदै सन्दीप लामिछानेबाट बोल्ड भए। दोस्रो बलमा सन्दीपबाट मेहरान खान गोल्डेन डकआउट भए। सन्दीप ह्याट्रिक लिन भने चुके। तेस्रो बलमा नसिम खुशीले स्वीप प्रहार गर्दै स्क्वायरमा चौका प्रहार गरे।
१५औँ ओभरको चौँथो बलमा आउट साइड एज लागेर कप्तान मक्शूद आशिफबाट क्याच आउट। अविनाश बोहराको बलमा आउट हुनुपूर्व उनले २६ बलमा १ चौका र ३ छक्कासहित ३२ रन प्रहार गरे। मक्शूदले खुसीसँग सातौँ विकेटका लागि १३ रनको साझेदारी गरे। १८औँ ओभरको तेस्रो बलमा करण केसीले खुसीलाई प्वइन्टमा सन्दीपबाट क्याच आउट गराए। उनले १४ बलमा २ चौका र २ छक्कासहित २५ रन बनाए। उनले आठौँ विकेटका लागि शकील अहमदसँग १८ रनको साझेदारी गरे।
२०औँ ओभरको तेस्रो बलमा कलीमुल्लाह खान सोमपालबाट क्याच आउट भए। उनले ६ बलमा ५ रन बनाए।
नेपालका लागि करण केसीले सर्वाधिक करण केसीले ३ विकेट लिए। ४ ओभरमा उनले ३८ रन खर्चिए। सोमपाल कामी र सन्दीप लामिछाने २/२ विकेट लिए। गुलशनकुमार झा र अविनाश बोहराको नाममा १/१ विकेट रह्यो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
