नेपाल २०२१ को छनोटको निर्णायक खेलमा यूएईसँग नै पराजित हुँदै विश्वकप खेल्न पाएको थिएन।
काठमाडौँ– आईसीसी टी–२० विश्वकप एशिया क्षेत्र फाइनल छनोटको सेमिफाइनलमा शुक्रबार नेपाल र यूएई भिड्दै छन्।
उक्त खेलको विजेता टोलीले २०२४ को टी–२० विश्वकप खेल्न पाउनेछ। खेल बिहान ११ बजे माथिल्लो मुलपानी क्रिकेट मैदानमा शुरू हुनेछ।
नेपाल समूह ‘ए’को उपविजेता र यूएई समूह ‘बी’को विजेताका रूपमा सेमिफाइनल खेल्न लागेका हुन्।
नेपालले समूह चरणमा सिंगापुरलाई ८ विकेट, मलेसियालाई ६ विकेटले हराएको थियो। ओमानसँग भने पाँच रनले पराजित भएको थियो। उता, यूएईले बहराइन र कुवेतलाई समान पाँच विकेट तथा हङकङलाई २२ रनले हराएको थियो।
यसअघि, नेपाल २०२१ को छनोटको निर्णायक खेलमा यूएईसँग नै पराजित हुँदै विश्वकप खेल्न पाएको थिएन।
फाइनल भने आइतबार बिहान ११ बजे त्रिवि क्रिकेट मैदानमा हुनेछ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
