बहराइनले दिएको १०७ रनको लक्ष्य ओमानले १४.१ ओभरमा कुनै विकेट नगुमाई पूरा गर्यो।
काठमाडौँ– ओमान आईसीसी टी–२० आई विश्वकप पुगेको छ।
शुक्रबार सम्पन्न खेलमा बहराइनलाई १० विकेटले पराजित गर्दै ओमान एशिया क्षेत्रबाट विश्वकपमा पुगेको हो। बहराइनले दिएको १०७ रनको लक्ष्य ओमानले १४.१ ओभरमा कुनै विकेट नगुमाई पूरा गर्यो।
ओमानका ओपनर काश्यप प्रजापतिले ४४ बलमा ६ चौका र २ छक्का प्रहार गर्दै ५७ अविजित ५७ रन बनाए। यता, अर्का ओपनर प्रतीक अथाभालेले ४१ बलमा ४ चौका र १ छक्कासहित अविजित ४८ रन बनाए।
ओमान तेस्रो पटक विश्वकपमा पुगेको हो। ओमानले यसअघि २०१६ मा भारतमा भएको विश्वकप तथा सन् २०२१ मा यूएई र ओमानमा संयुक्त रूपमा आयोजना भएको विश्वकप खेलेको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
