ओमानविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल, दीपेन्द्रले नखेल्ने

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको टस जित्दै नेपाली टोलीका कप्तान रोहितकुमार पौडेलले पहिले ब्याटिङ गर्ने निर्णय लिएका छन्।

काठमाडौँ– नेपालले आईसीसी टी२० विश्वकप एशिया छनोटको फाइनल खेलमा टस जितेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको टस जित्दै नेपाली टोलीका कप्तान रोहितकुमार पौडेलले पहिले ब्याटिङ गर्ने निर्णय लिएका छन्।

नेपालले यूएईलाई ८ विकेटले हराउँदै फाइनलमा स्थान बनाएको थियो।

ओमान बहराइनलाई १० विकेटले हराउँदै फाइनल पुगेको हो। दुवै टोली २०२४ मा वेस्ट इन्डिजमा हुने विश्वकपमा छनोट भैसकेका छन्।

नेपाल समूह चरणमा ओमानसँग ५ रनले पराजित भएको थियो। पछिल्ला पाँच टी२० खेलमा नेपाल ३ र ओमान २ खेलमा विजयी भएका छन्।

नेपाली टोलीमा एक परिवर्तन भएको छ। अलराउन्डर दीपेन्द्रसिंह ऐरीको स्थानमा सन्दीप जोरा टोलीमा फर्किएका छन्। दीपेन्द्र यूएईविरुद्धको खेलमा मैदान उत्रिएका थिए।

नेपालको टोलीमा कप्तान रोहितकुमार पौडेल, कुशल भुर्तेल, आशिफ शेख, सन्दीप जोरा, गुलशनकुमार झा, सोमपाल कामी, करण केसी, अविनाश बोहरा, विवेककुमार यादव, सन्दीप लामिछाने र कुशल मल्ल रहेका छन्।