नेपालका लागि कप्तान रोहितकुमारले ५२ रन बनाए। ३७ बल खेलेका उनले ५ चौका र २ छक्का प्रहार गरे।
काठमाडौँ– कप्तान रोहितकुमार पौडेल र गुलशनकुमार झाको अर्धशतक प्रेरित नेपालले आईसीसी टी२० विश्वकप एशिया छनोट फाइनलमा ओमानलाई १८५ रनको लक्ष्य दिएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १८४ रन बनाएको हो।
नेपालका लागि कप्तान रोहितकुमारले ५२ रन बनाए। ३७ बल खेलेका उनले ५ चौका र २ छक्का प्रहार गरे। रोहितले योसँगै टी२०आईमा पाँचौँ अर्धशतक पूरा गरेका छन्।
ओमानविरुद्ध उनले ३६ बलमा ५ चौका र २ छक्कासहित ५१ रन बनाएका थिए। ३१ जनाअरी २०१९ मा यूएईविरुद्ध डेब्यू गरेका उनले ३३औँ इनिङ्समा पाँचौँ अर्धशतक पूरा गरेका हुन्।
उनले यसअघि मलेसिया, मंगोलिया, माल्दिभ्स र यूएईविरुद्ध अर्धशतक प्रहार गरेका थिए। यता, तल्लो क्रमका करण केसी ६ बलमा १ चौका र २ छक्कासहित २० रन बनाए।
नेपालको खराब शुरूआत
नेपालले पहिलो विकेट तेस्रो ओभरको चौँथो बलमै गुमायो। बिलाल खानको बलमा ओपनर आशिफ सेख काश्यप प्रजापतीबाट क्याच आउट भए। उनले प्रहार गरेको बल एज लाग्दै प्वइन्टमा प्रजापतीबाट क्याच भएका हुन्। सेखले ६ बलमा १ छक्का मात्रै प्रहार गरे।
नेपालले पहिलो पावर प्लेमा १ विकेट गुमाउँदै ४७ रन बनाएको थियो। लगत्तै तेस्रो नम्बरमा आएका सन्दीप जोरा १३ बलमा १ चौकासहित १० रन बनाउँदै जिशान मक्शूदबाट बोल्ड भए। उनले दोस्रो विकेटका लागि कुशल भुर्तेलसँग ३२ रनको साझेदारी गरे।
आठौँ ओभरको पहिलो बलमा भुर्तेल पनि क्याच आउट भए। अकीब इलियासको बललाई छक्का प्रहार गर्ने चक्करमा डिप प्वइन्टमा मेहरान खानबाट क्याच भए। उनले २२ बलमा ३ चौका र २ छक्कासहित ३१ रन बनाए।
१०औँ ओभरको अन्तिम बलमा कुशल मल्ल अकीबको बलमा बोल्ड भए। उनले ९ बलमा ३ रन बनाए।
रोहित र गुलशनको ७८ रनको साझेदारी
४–६० को स्थितिमा रहेको अवस्थामा पाँचौँ नम्बरमा आएका कप्तान रोहितकुमार पौडेल र छैटौँ नम्बरमा आएका गुलशनकुमार झाले अर्धशतकीय साझेदारी गर्दै नेपालको इनिङ्स उकासेका थिए।
२५ बलमा ५ चौका र ४ छक्का प्रहार गर्दै गुलशनले ५४ रन बनाए। उनको टी२०आईमा यो नै उनको पहिलो अर्धशतक हो। उनले ओमानविरुद्ध २० बलमा ५ चौका र ४ छक्का प्रहार गर्दै ५० रन पूरा गरेका हुन्। १९ फ्रेबुअरी २०२२ मा ओमानमा भएको विश्वकप छनोटअन्तर्गत फिलिपिन्सविरुद्ध डेब्यू गरेका उनले १३औँ इनिङ्समा पहिलो अर्धशतक पूरा गरेका हुन्।
उनले पाँचौँ विकेटका लागि रोहितसँग ७८ रनको साझेदारी गरे। उनी १७औँ ओभरको अन्तिम बलमा स्क्वायर लेगमा शकील अहमदबाट क्याच आउट भए। उनी बिलाल खानको बलमा आउट भएका हुन्।
बिवेककुमार यादव ३ बलमा १ रन बनाउँदै बिलाल खानबाट कट एन्ड बोल्ड भए। रोहित र करणले अविजित रहँदै ३२ रनको साझेदारी गरेका थिए।
ओमानका बिलाल खानले सर्वाधिक ३ विकेट लिए। ४ ओभर बलिङ गरेका उनले २६ रन खर्चिए। यता, अकीब इलियासले २ विकेट लिए। यस्तै, जिशान मक्शूदको नाममा १ विकेट रह्यो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
