विश्वकप क्रिकेट: भारतको लगातार आठाैँ जित, दक्षिण अफ्रिका २४३ रनले पराजित

विराट कोहलीको ४९ औँ शतक र रविन्द्र जडेजाको पाँच विकेटको मद्दतले भारतले दक्षिण अफ्रिकालाई ८३ रनमा अलआउट गर्दै विश्वकपमा लगातार आठौँ जित दर्ता गरेको छ। 

विराट कोहलीको ४९ औँ शतक र रविन्द्र जडेजाको पाँच विकेटको मद्दतले भारतले दक्षिण अफ्रिकालाई ८३ रनमा अलआउट गर्दै विश्वकपमा लगातार आठौँ जित दर्ता गरेको छ। 

दक्षिण अफ्रिकाको टोली ब्याटिङ गर्न निस्कँदा उनका कुनै पनि ब्याट्सम्यान विकेटमा टिक्न सकेनन्। दक्षिण अफ्रिकाको इनिङ्समा दोस्रो ओभरमा विकेटको श्रृंखला शुरू भयो र पूरा टोली २७.१ ओभरमा आउट भयो। अफ्रिकाका लागि मार्को जेन्सेनले सर्वाधिक १४ रन बनाए।

भारतका लागि रविन्द्र जडेजाले ५, मोहम्मद सामी र कुलदीप यादवले २–२ विकेट लिए भने मोहम्मद सिराजले एक विकेट लिए। जसप्रित बुमराहले कुनै विकेट लिन सकेनन्।

कोलकाताको इडेन गार्डेनमा टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर ३२६ रन बनाएको थियो। विराटले १०० रन बनाए र अन्तिमसम्म नटआउट रहे। उनीबाहेक श्रेयस अय्यरले ७७ रन र कप्तान रोहित शर्माले ४० रनको इनिङ खेले।

यो जितसँगै भारत १६ अंकसहित शीर्ष स्थानमा छ। विश्वकपमा सोमबार बांग्लादेश र श्रीलंकाबीच दिउँसो सवा दुई बजे खेल हुनेछ।