श्रीलंकाका ब्याट्सम्यान एन्जेलो म्याथ्युज अन्तर्राष्ट्रिय क्रिकेटमा ‘टाइम आउट’ हुने पहिलो खेलाडी बनेका छन्।
श्रीलंकाका अनुभवी ब्याट्सम्यान एन्जेलो म्याथ्युज अन्तर्राष्ट्रिय क्रिकेटमा ‘टाइम आउट’ हुने पहिलो खेलाडी बनेका छन्। भारतको दिल्लीस्थित अरुण जेटली स्टेडियममा जारी आईसीसी एक दिवसीय अन्तर्राष्ट्रिय विश्वकप क्रिकेटअन्तर्गत सोमबारको बांग्लादेशविरुद्धको खेलमा उनी इतिहासमै पहिलोपटक टाइम आउट भएका हुन्।
श्रीलंकाका ब्याट्सम्यान सादिरा समराविक्रमा २५औँ ओभरको दोस्रो बलमा बांग्लादेशका कप्तान शकीब अल हसनको बलमा आउट भएका थिए। उनले प्रहार गरेको बल डिप स्क्वायर लेगमा महमुदुल्लाहले समातेका थिए।
समरविक्रमा आउट भएपछि म्याथ्युज क्रिजमा पुगेका थिए। तर, निर्धारित समयमा अर्को बल सामना गरेनन्। नियमानुसार अर्का ब्याटर विकेट झरेको दुई मिनेटभित्र क्रिजमा पुगिसक्नुपर्छ। र, अर्को एक मिनेटभित्र बलको सामना गरिसक्नुपर्छ।
उनी क्रिजमा ब्याटिङ गर्ने तयारीमा थिए, त्यति नै बेला हेल्मेट लगाउँदा ‘स्ट्र्याप’ (हेल्मेटको लक) फुटेको थाहा पाए। उनले अर्को हेल्मेट मगाए। तर यस्तो अवस्थामा उनीले नियमानुसार एक मिनेटको समय सीमाभित्र सम्पूर्ण काम पूरा गर्न नसकी अलमलिँदा खेलमा ढिलाइ भयो।
शकीबले अम्पायर मराइस इरास्मससँग अपिल गरेका थिए। इरास्मसले म्याथ्युजलाई टाइम आउट दिएका हुन्। बांग्लादेशको टोलीले अपील फिर्ता लिएको भए म्याथ्युजले खेल्ने मौका पाउँथे। तर, शकीबले अपील फिर्ता गरेनन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
