क्यानले आईसीसी टी२० विश्वकपमा छनोट भएको नेपाली राष्ट्रिय टोलीलाई ५० लाख नगद पुरस्कारबाट सम्मानित गर्ने निर्णय गरेको छ।
काठमाडौँ– नेपाल क्रिकेट संघ (क्यान)ले सन् २०२४ मा वेस्ट ईन्डिज र अमेरिकामा आयोजना हुने आईसीसी टी२० विश्वकपमा छनोट भएको नेपाली राष्ट्रिय टोलीलाई नगद पुरस्कार दिने भएको छ।
सोमबार सम्पन्न केन्द्रीय कार्यसमिति बैठकले टोलीलाई ५० लाख नगद पुरस्कारबाट सम्मानित गर्ने निर्णय गरेको हो। शुक्रबार सम्पन्न आईसीसी टी२० विश्वकप फाइनल एशिया छनोटको सेमिफाइनलमा यूएईलाई ८ विकेटले पराजित गर्दै नेपाल विश्वकपको यात्रा तय गरेको छ।
नेपालले समूह चरणमा सिंगापुरलाई ८ र मलेसियालाई ६ विकेटले पराजित गर्दै एक खेलअगावै सेमिफाइनलमा स्थान बनाएको थियो। समूह चरणको अन्तिम खेलमा भने नेपाल ५ रनले पराजित भएको थियो। नेपाल फाइनलमा पनि ओमानसँगै पराजित भएको थियो। ओमानले फाइनलमा सुपर ओभरमा नेपाललाई पराजित गर्दै उपाधि जितेको थियो।
क्यानले मलेसियामा सम्पन्न एसीसी यू१९ प्रिमियर कप क्रिकेट प्रतियोगिताको उपाधि जित्ने टोलीका सदस्यलाई जनही ५० हजार नगर पुरस्कार दिने भएको छ। फाइनलमा यूएईलाई डीएल मेथडबाट १९ रनले पराजित गर्दै नेपालले जनवरी २०२४ मा आयोजना हुने एशिया कपमा स्थान बनाएको छ।
यस्तै, क्यानले क्रिकेट हङकङ चाइनाको आयोजनामा यही नोभेम्बर १५ देखि १९ सम्म ४ राष्ट्रहरूका महिला क्रिकेट टिमहरूबीच हुने हङकङ महिला टी२०आई सिरिजमा नेपाली टोली पठाउने निर्णय गरेको छ।

Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
