विश्वकप क्रिकेट: बंगलादेशसँग श्रीलंका ३ विकेटले पराजित

जारी विश्वकपमा घरेलु टोली भारत र दक्षिण अफ्रिका सेमिफाइनलमा पुगिसकेका छन्।

काठमाडौँ– बंगलादेशसँग पराजित भएसँगै श्रीलंका आईसीसी विश्वकप क्रिकेटको सेमिफाइनल दौडबाट बाहिरिएको छ। सोमबार राति भएको खेलमा श्रीलंका ३ विकेटले पराजित भएको थियो।

दिल्लीमा जितका लागि पाएको २८० रनको लक्ष्य बंगलादेशले ४१.१ ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्‍यो।

बंगलादेशका नाज्मुल हसन सान्टोले सर्वाधिक ९० रन बनाए। सकिब अल हसनले ८२ रनको योगदान दिए। लिटन दासले २३, महमुदूल्लाह रियादले २२र मुश्फिकुर रहिमले १० रन बनाए। 

श्रीलंकाका दिलशान मदुशानकाले ३ विकेट लिए। महेश थिक्सेना र एन्जिलो म्याथ्युजका नाममा समान २–२ विकेट रह्यो।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको श्रीलंका ४९.३ ओभरमा २७९ रनमा अलआउट भएको थियो। श्रीलंकाका चरिथ असलंकाले १०८ रनको शतकीय इनिङ्स खेले पनि टोलीलाई जिताउन सकेनन्। पाथुम निसंका ४१ र कुशल मेन्डिस १९ रनमा आउट भए। 

बंगलादेशका तान्जिम हसन सकिबले ३ विकेट लिए। सकिब अल हसन र शोरिफुल इस्लामले समान २–२ विकेट लिए।

जितसँगै बंगलादेश ८ खेलमा २ मा जितसहित सातौँ स्थानमा छ। श्रीलंका आठौँ स्थानमा छ। भारत र दक्षिण अफ्रिका भने सेमिफाइनलमा पुगिसकेका छन्।