कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको यूएईले निर्धारित ५० ओभरमा १७६ रन बनाएको छ। यूएईका लागि तल्लो क्रमका ब्याटर आयन खानले अविजित अर्धशतकीय इनिङ्स खेले।
कठमाडौँ– आयन खान र हजरत बिलालको बलियो साझेदारीमा भ्रमणकारी यूएईले नेपाललाई तीन एकदिवसीय सिरिजअन्तर्गत अन्तिम खेलमा १७७ रनको लक्ष्य दिएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको यूएईले निर्धारित ५० ओभरमा १७६ रन बनाएको हो। यूएईका लागि तल्लो क्रमका ब्याटर आयन खानले अविजित अर्धशतकीय इनिङ्स खेले। उनले ६३ बलमा ७ चौका र १ छक्कासहित ५४ रन बनाए।
अन्तिम विकेटका लागि उनले बिलालसँग ८३ रनको साझेदारी गरेका थिए। बिलाल क्रिजमा आउँदा यूएईले ३१.१ ओभरमा ९ विकेट गुमाएर मात्रै ९३ रन बनाएको थियो। बिलाल ५४ बल खेल्दै १ छक्कासहित २० रनमा अविजित रहे। एलिशान शरफुलले ६९ बलमा ४ चौकासहित ३३ रन प्रहार गरे।
कप्तान सिपी रिजवनले ५६ बलमा २ चौकासहित २४ रन प्रहार गरे। यूएईका अन्य कुनै खेलाडीले सम्झनलायक इनिङ्स खेल्न सकेनन्। ओपनर मोहम्मद वासिमले ११ रन जोडे भने वृत्य अरविन्द शून्य रनमा आउट भएका थिए। यूएईले ३ ओभर चलिरहँदा नै १६ रन बनाएर ३ विकेट गुमाइसकेको थियो।
त्यसपछि आएका रोहन मुस्तफाले ४ रन बनाए। यस्तै, बसिल हामिद ८, विष्णु सुकुमारन २, अहमद राजा र जहुर खान खान शून्य रनमा आउट भए। नेपालका लागि गुलशन झा, दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेलले २/२ विकेट लिए।
सोमपाल कामी र ललित राजबंशीको नाममा १/१ विकेट रह्यो। नेपाल यूएईसँग पहिलो खेलमा ८४ रनले पराजित भएको थियो। दोस्रो खेलमा ३ विकेटको जित निकालेको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
