यू१९ एशिया कप: नेपालको पहिलो प्रतिद्वन्द्वी पाकिस्तान

नेपाल रहेको समूह ‘ए’मा पाकिस्तानसँगै अफगानिस्तान र भारत पनि छन्।

काठमाडौँ– यू१९ एशिया कपमा नेपालले पहिलो खेल पाकिस्तानसँग खल्ने भएको छ।

एशियन क्रिकेट काउन्सिल (एसीसी)ले बुधबार सार्वजनिक गरेको खेल तालिकाअनुसार नेपालले पहिलो खेल पाकिस्तानसँग खेल्ने पक्का भएको हो।

खेल आईसीसी एकेडेमीमा ८ डिसेम्बरमा हुने छ। नेपाल रहेको समूह ‘ए’मा पाकिस्तानसँगै अफगानिस्तान र भारत पनि छन्।

नेपालले दोस्रो खेल १० डिसेम्बरमा अफगानिस्तानसँग खेल्ने छ। यस्तै, समूह चरणको अन्तिम खेल १२ डिसेम्बरमा साबिक विजेता भारतसँग खेल्ने छ।

एसीसीले सहभागी ८ टोलीलाई दुई समूहमा विभाजन गरेको छ। हरेक समूहका विजेता र उपविजेता टोली सेमिफाइनलमा पुग्ने छन्।