शृंखलाको पहिलो खेलमा नेपालले तान्जेनियाको सामना गर्ने छ। नेपाल र तान्जेनियाबीचको खेल कात्तिक २९ गते हुँदै छ।
काठमाडौँ– नेपाली टोलीको कप्तानमा इन्दु बर्मा नियुक्त भएकी छन्। नेपाल क्रिकेट संघ (क्यान)ले हङकङमा हुने चार देशसम्मिलिन महिला टी२० अन्तर्राष्ट्रिय शृंखलाका लागि नेपाली टोलीको कप्तानमा इन्दुलाई नियुक्त गरेको हो।
यसअघि नेपालको कप्तानी रुबिना क्षेत्रीले सम्हाल्दै आएकी थिइन्। यसैगरी, क्यानले उपकप्तानको जिम्मेवारी बिन्दु रावललाई दिएको छ। यसअघि सीता रानामगर उपकप्तान थिइन्। यद्यपि, यूएईमा भएको फ्रेयर ब्रेक इन्भिटेसनल प्रतियोगिता खेल्न गएकf बेला क्यानले गत वर्ष सीताको उपकप्तान पद खोसेको थियो। त्यसयता उपकप्तानको पद खाली थियो।
क्यानले हङकङमा हुने चार देशसम्मिलिन महिला टी२० अन्तर्राष्ट्रिय शृंखलाका बिहीबार उनीहरूसहित १४ सदयस्यीय टोली घोषणा गरेको छ। टोलीमा यी चार खेलाडीसहित खुशी डंगोल, सोमु विष्ट, संगीता राई, कञ्चन श्रेष्ठ, सोनी पाख्रिन, पूजा महतो, रोमा थापा, काजोल श्रेष्ठ, सम्झना खड्का र रुबी पोदार रहेका छन्।
बन्द प्रशिक्षणबाट सबनम राई, मनिषा चौधरी, अप्सरी बेगम, ज्योति पाण्डे, कविता जोशी, कृतिका मरासिनी र ईश्वरी विष्ट बाहिरिएका छन्।
कात्तिक २९ देखि मंसिर ३ सम्म हुने शृंखलाको पहिलो खेलमा नेपालले तान्जेनियाको सामना गर्ने छ। नेपाल र तान्जेनियाबीचको खेल कात्तिक २९ गते हुनेछ।
यसैगरी नेपालले कात्तिक ३० मा आयोजक हङकङ र मंसिर २ गते जापानको सामना गर्नेछ। सबै खेल हङकङ क्रिकेट क्लबको मैदानमा हुनेछन्। शीर्ष दुई टोली उपाधिका लागि भिड्ने छन्। यसैगरी पुछारका दुई टोलीले तेस्रो स्थानमा लागि प्रतिस्पर्धा गर्नेछन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
