डिडियर ड्रोग्बाले आफ्नो संस्थामार्फत जाजरकोटका भूकम्पपीडितका लागि आर्थिक सहयोग गरेको नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्टले जनाएको छ।
काठमाडौँ– आइभोरी कोस्ट तथा इंग्लिस प्रिमियर लिग क्लब चेल्सीका पूर्वस्ट्राइकर डिडियर ड्रोग्बा नेपाल आउने भएका छन्। नेपाल सुपर लिग आयोजक नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्टले सामाजिक सञ्जालमार्फत ड्रोग्बा नेपाल आउन लागेको जानकारी दिएको हो।
नेपाल आउन लागेका उनले डिडियर ड्रोग्बा फाउन्डेसनमार्फत जाजरकोटका भूकम्पपीडितका लागि आर्थिक सहयोग गरेको पनि नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्टले जनाएको छ। नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्ट र डिडियर ड्रोग्बा फाउन्डेसनले सहकार्य गर्दै प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा २० लाख रुपैयाँ सहयोग गरेका हुन्।
“भूकम्प प्रभावित क्षेत्रको सहयोगका लागि म ऐक्यबद्धता जनाउँछु। भूकम्पबाट ज्यान गुमाएकाका परिवार र घाइतेप्रति मेरो सहानुभूति छ। यो विपद्को समयमा हामी सबैले एकअर्कालाई सहयोग गर्नुपर्छ,” उनले भिडियो सन्देशमा भनेका छन्।
नेपाल बसाइँका क्रममा उनले यही मंसिर ९ देखि पुस २१ गतेसम्म हुने दोस्रो संस्करणको नेपाल सुपर लिगको उद्घाटन गर्नेछन्। नेपाल सुपर लिगको दोस्रो संस्करणमा ९ टोलीले दोस्रो संस्करण खेल्ने छन्।
अघिल्लो संस्करणमा ६ टोली थिए। तर, गत सिजन खेलेको विराटनगर सिटी एफसीले नाम फिर्ता लिएको छ। यस संस्करणमा साबिक विजेता काठमाडौँ रेजर्स, उपविजेता धनगढी एफसीसँगै एफसी चितवन, पोखरा थन्डर्स, ललितपुर सिटी एफसी र बुटवल लुम्बिनी एफसीले खेल्ने छ।
यस्तै, नयाँ टोली इलाम डी मेची एफसी, वीरगन्ज युनाइटेड एफसी र झापा एफसीले पनि प्रतिस्पर्धा गर्नेछन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
