नेपालका लागि ओपनर आशिफले सर्वाधिक ८८ रनको अविजित इनिङ्स खेले। उनले ११९ बलमा १२ चौका प्रहार गरे।
काठमाडौं– ओपनर आशिफ शेख र ज्ञानेन्द्र मल्लको उत्कृष्ट साझेदारीमा घरेलु टोली नेपालले यूएईविरुद्धको तीन एकदिवसीय अभ्यास सिरिज जितेको छ।
शुक्रबार सम्पन्न अन्तिम खेलमा भ्रमणकारी यूएईलाई ६ विकेटले हराउँदै नेपालले ३ खेलको सिरिज २–१ ले जितेको हो।
यूएईले दिएको १७७ रनको लक्ष्य पछ्याएको नेपालले ४०.१ ओभरमा ४ विकेट गुमाउँदै १८० रन बनायो। नेपालका लागि ओपनर आशिफले सर्वाधिक ८८ रनको अविजित इनिङ्स खेले। उनले ११९ बलमा १२ चौका प्रहार गरे।
यस्तै, ज्ञानेन्द्रले ७६ बलमा ७ चौका र ३ छक्कासहित ६४ रन बनाए। उनीहरूबीच दोस्रो विकेटका लागि १२२ रनको साझेदारी भएको थियो।
यो नै एकदिवसीय खेलमा नेपाली खेलाडीले दोस्रो विकेटका लागि गरेको सबैभन्दा ठूलो साझेदारी हो। गत मार्चमा ओमानको अल इमिरेटमा घरेलु टोलीसँग खेलिएको एकदिवसीय सिरिजमा आशिफ र ज्ञानेन्द्रले नै दोस्रो विकेटका लागि सर्वाधिक ९५ रनको साझेदारी गरेका थिए।
कप्तान रोहित पौडेल १० रनमा रनआउट भए भने मध्यक्रमका दीपेन्द्रसिंह ऐरीले खाता खोल्न सकेनन्। यूएईका हजरत बिलाल र आयन खानले १/१ विकेट लिए।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङमा उत्रिएको यूएईले निर्धारित ५० ओभरमा ओभर खेल्दै १७६ रन बनाएको थियो।
यूएईका लागि तल्लोक्रमका ब्याटर आयन खानले अविजित रहँदै अर्धशतकीय इनिङ्स खेले। उनले ६३ बलमा ७ चौका र १ छक्कासहित ५४ रन बनाए।
अन्तिम विकेटका लागि उनले हजरत बिलालसँग ८३ रनको साझेदारी गरे। बिलाल क्रिजमा आउँदा यूएईले ३१.१ ओभरमा ९ विकेट गुमाएर मात्रै ९३ रन बनाएको थियो।
बिलाल ५४ बल खेल्दै १ छक्कासहित २० रनमा अविजित रहे। एलिशान शरफुलले ६९ बलमा ४ चौकासहित ३३ रन प्रहार गरे।
कप्तान सिपी रिजवनले ५६ बलमा २ चौकासहित २४ रन प्रहार गरे। यूएईका अन्य कुनै खेलाडीले सम्झनलायक इनिङ्स खेल्न सकेनन्।
यूएईले ३ ओभर चलिरहँदा नै १६ रन बनाएर ३ विकेट गुमाइसकेको थियो। ओपनर मोहम्मद वासिमले ११ रन जोडे भने वृत्य अरविन्द शून्य रनमा आउट भए।
त्यसपछि आएका रोहन मुस्तफाले ४ रन बनाए। यस्तै, बसिल हामिद ८, विष्णु सुकुमारन २, अहमद राजा र जहुर खान खान शून्य रनमा आउट भए।
नेपालका लागि गुलशन झा, दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेलले २/२ विकेट लिए। यता, सोमपाल कामी र ललित राजबंशीको नाममा १/१ विकेट रह्यो।
नेपाल यूएईसँग पहिलो खेलमा ८४ रनले पराजित भएको थियो। तर, दोस्रो खेलमा नेपालले पूनरागमन गर्दै ३ विकेटको जित निकालेको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
