श्रीलंका क्रिकेट बोर्ड आईसीसीको निलम्बनमा

शुक्रबार बसेको आईसीसीको बोर्ड बैठकले सरकारको हस्तक्षेप भएको भन्दै श्रीलंकाको सदस्यता तत्काल लागू हुने गरी निलम्बन गर्ने निर्णय गरेको छ। 

काठमाडौँ– अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले श्रीलंका क्रिकेटको सदस्यता निलम्बन गरेको छ। 

शुक्रबार बसेको आईसीसीको बोर्ड बैठकले सरकारको हस्तक्षेप भएको भन्दै श्रीलंकाको सदस्यता तत्काल लागू हुने गरी निलम्बन गर्ने निर्णय गरेको हो। 

अनियमितता र भ्रष्टाचारमा संलग्न भएको भन्दै श्रीलंकाका खेलकुदमन्त्री रोशन रणसिंघेले सामी सिल्भा नेतृत्वको निर्वाचित क्रिकेट बोर्डका सबै पदाधिकारीलाई बर्खास्त गर्दै नयाँ अन्तरिम कमिटी गठन गरेका थिए।

आईसीसी बोर्डको बैठकले श्रीलंका क्रिकेटले आफ्नो मामिलामा स्वायत्त रूपमा व्यवस्थापन गर्न र श्रीलंकाको क्रिकेटको नियमन वा प्रशासनमा कुनै सरकारी हस्तक्षेप नभएको सुनिश्चित गर्न नसकेको ठहर गरेको छ। 

निलम्बन अवधिभर अन्तर्राष्ट्रिय क्रिकेटमा श्रीलंकाको सहभागिता गर्ने पाउने या नपाउने भने उल्लेख गरिएको छैन।

श्रीलंकाले जनवरी र फेब्रुअरी २०२४ मा आईसीसी अन्डर–१९ पुरुष क्रिकेट विश्वकप आयोजना गर्ने तालिका छ। श्रीलंकाको पुरुष टोलीले जारी विश्वकप क्रिकेटमा राम्रो प्रदर्शन गर्न सकेन। आफ्ना ९ खेलमा दुई खेल मात्रै जितेर चार अंक जोडेको छ। 

विश्वकपमा भारतसँगको लज्जास्पद हारपछि मन्त्री रोशन रानासिंघेले सोमबार श्रीलंका क्रिकेट बोर्डका सबै सदस्यलाई बर्खास्त गरेका थिए।