आर्सनल १२ खेलमा २७ अंक जोड्दै दोस्रो स्थानमा उक्लिएको छ। एक खेल कम खेलेको म्यानचेस्टर सिटी समान अंक भए पनि शीर्ष स्थानमा छ।
काठमाडौँ– इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनल र म्यानचेस्टर युनाइटेड विजयी भएका छन्।
शनिबार राति भएको खेलमा आर्सनलले बर्नलीलाई ३–१ ले पराजित गर्दै अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। घरेलु मैदान इमिरेट्स स्टेडियममा आर्सनललाई जिताउन लियान्ड्रो ट्रोसार्ड, विलियम सालिबा र ओलेक्जेन्डर जिन्चेन्कोले गोल गरे।
पहिलो हाफको अन्तिम समयमा बुकायो साकाको पासमा ट्रोसार्डले गोल गर्दै अर्सनललाई अग्रता दिलाएका थिए। तर ५४औँ मिनेटमा बर्नलीका जोस ब्राउनहिलले बराबरी गोल गरेका थिए।
ट्रोसार्डको पासमा सालिबाले ५७औँ मिनेटमा गोल गर्दै खेलमा आर्सनललाई अग्रता दिलाए। ७४औँ मिनेटमा जिन्चेन्कोले गोल गर्दै जित सुनिश्चित गरे।

जितपछि आर्सनल १२ खेलमा २७ अंक जोड्दै दोस्रो स्थानमा उक्लिएको छ। बर्नली ४ अंकसहित १९औँ स्थानमा छ।
यस्तै अर्को खेलमा म्यानचेस्टर युनाइटेडले लुटन टाउनलाई १–० ले हराएको छ। घरेलु मैदान ओल्ड ट्राफोर्डमा युनाइटेडका लागि डिफेन्डर भिक्टर लिन्डेलफले निर्णायक गोल गरे।
५९औँ मिनेटमा मार्कस रासफर्डको क्रसमा स्कट मक्टोमिनेले प्रहार गर्न नसकेपछि लिन्डेलफको सामु आएको बलमा उनले गोल गरेका थिए।
जितपछि युनाइटेड १२ खेलमा २१ अंक सहित छैठौँ स्थानमा उक्लिएको छ। लुटन ६ अंकसहित १८औँ स्थानमा छ। ११ खेल खेलेको म्यानचेस्टर सिटी २७ अंकसहित शीर्ष स्थानमा छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
