प्रिमियर लिग: म्यानचेस्टर सिटी र चेल्सीको रोमाञ्चक बराबरी

चेल्सीको घरेलु मैदान स्ट्यामफोर्ड ब्रिजमा आइतबार राति म्यानचेस्टर सिटी र  चेल्सीले ४–४ गोलको बराबरी खेलेका छन्।

काठमाडौँ– इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटी र  चेल्सीले रोमाञ्चक बराबरी खेलेका छन्। 

चेल्सीको घरेलु मैदान स्ट्यामफोर्ड ब्रिजमा आइतबार राति भएको खेल ४–४ को बराबरीमा टुंगिएको हो। खेलमा अग्रता भने २५औँ मिनेटमा एर्लिङ हालान्डले पेनाल्टीमार्फत गरेको गोलबाट सिटीले लिएको थियो। २९औँ मिनेटमा चेल्सीले बराबरी गोल फर्कायो। डिफेन्डर थिएगो सिल्भाले कनर ग्यालाघरले लिएको कर्नरमा गोल गरेका थिए। 

३७औँ मिनेटमा चेल्सीले अग्रता लियो। रिस जेम्सले दिएको पासमा रहिम स्टर्लिङले गोल गर्दै चेल्सीलाई २–१ को अग्रता दिलाए। तर, पहिलो हाफको अन्त्यतिर सिटीका मानुएल आकान्जिले गोल गर्दै खेल बराबरीमा ल्याए। 

दोस्रो हाफको शुरूआतमा नै सिटीले अग्रता लियो। ४७औँ मिनेटमा हालान्डले गोल गर्दै टोलीलाई अग्रता दिलाए। ६७औँ मिनेटमा चेल्सीका निकोलस ज्याक्सनले गोल गरे। ८६औँ मिनेटमा रोड्रीले गोल गरेपछि सिटीले पुनः अग्रता लियो। इन्जुरी समयमा कोल पालमरले पेनाल्टीमा गोल गर्दै खेल बराबरी गरे। 

बराबरीपछि सिटी १२ खेलमा २८ अंकसहित पहिलो स्थानमा  छ। समान खेलबाट १६ अंक जोडेको चेल्सी १०औँ स्थानमा छ।