सामान्य अवस्थामा सवारी जाम भइरहने बल्खु, कोटेश्वर, चावहिल, सानेपा, ग्वार्को, गौशाला, कलंकी लगायतका क्षेत्रमा भाइटीकाको अघिल्लो दिन मंगलबार ट्राफिक चाप न्यून देखिन्थ्यो।
काठमाडौँ– देशभर तिहारको रमझम चलिरहेको छ। यमपञ्चकको चौथो दिन मंगलबार गोवर्द्धन पूजा गरी मनाइएको छ। बुधबार भाइटीका लगाएपछि तिहार समापन हुनेछ। भाइटीकाको अघिल्लो दिन मंगलबार काठमाडौँ उपत्यकाको सवारीसाधनको चाप न्यून देखिएको थियो। सरकारी बिदा रहेको र भाइटीका लगाउन कतिपय कर्मक्षेत्रबाट गाउँ फर्किएकाले सवारी चाप न्यून देखिएको प्रहरीको भनाइ छ।
अधिकांश समय सवारी जाम भइरहने बल्खु, कोटेश्वर, चावहिल, सानेपा, ग्वार्को, गौशाला, कलंकी लगायतका क्षेत्रमा मंगलबार ट्राफिक चाप न्यून देखिन्थ्यो। कतिपय क्षेत्रको सडक खाली जस्तै थियो। तीव्र गतिमा गुडिरहेका सवारीलाई चक्रपथका विभिन्न स्थानमा र कलंकी हुँदै उपत्यकाबाट बाहिरिने सवारीलाई कलंकी क्षेत्रमा ट्राफिक प्रहरीले चेकजाँच गरिरहेको देखिन्थ्यो। चाडबाडका बेला मादकपदार्थ सेवन गरी सवारी चलाउँदा निम्तिने जोखिमलाई मध्यनजर गर्दै सतर्कता अपनाइएको ट्राफिक प्रहरीले जनाएको छ।
यसैगरी नेवार समुदायले नेपाल संवत् ११४४ को स्वागतमा चोकचोकमा न्हु दँया भिन्तुना (शुभकामना) र्याली निकालेको देखिन्थ्यो। नेपाल संवत्लाई नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउने गर्छन्।













Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
