तान्जानियाले नेपाललाई दियो ११६ रनको लक्ष्य

टस जितेर पहिले ब्याटिङ रोजेको तान्जानियाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ११५ रन बनाएको हो।

काठमाडौँ– हङकङमा बुधबार शुरू भएको चार देशीय महिला टी२० श्रृंखलाको पहिलो खेलमा तान्जानियाले नेपाललाई ११६ रनको लक्ष्य दिएको छ। 

टस जितेर पहिले ब्याटिङ रोजेको तान्जानियाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ११५ रन बनाएको हो। 

तान्जानियाका आइसा ओमारीले सर्वाधिक २५ रनको योगदान दिइन्। हुद्दा मोहमदले २१ रन बनाइन्।

 नेपालका संगिता राईले २ विकेट लिइन्। कप्तान इन्दु बर्मा, रुविना क्षेत्री र पूजा महतोले समान १–१ विकेट लिए।