हङकङ क्रिकेट क्लबमा ११६ रनको लक्ष्य पछ्याएको नेपाल १६.५ ओभरमा ८८ रन बनाउँदै अलआउट भयो।
काठमाडौँ– हङकङमा जारी चार देशीय महिला टी२० श्रृंखलामा नेपाल तान्जानियासँग पराजित भएको छ।
बुधबार बिहान भएको खेलमा नेपाललाई २७ रनले हराउँदै तान्जानियाले विजयी शुरूआत गरेको हो।
हङकङ क्रिकेट क्लबमा ११६ रनको लक्ष्य पछ्याएको नेपाल १६.५ ओभरमा ८८ रन बनाउँदै अलआउट भयो। नेपालका सीता रना मगरले सर्वाधिक ४३ रन बनाइन्। कप्तान इन्दु बर्मा १७ रनमा आउट भइन्।
त्यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ११५ रन बनाएको थियो।
तान्जानियाका आइसा ओमारीले सर्वाधिक २५ रनको योगदान दिइन्। हुद्दा मोहमदले २१ रन बनाइन्।
नेपालका संगिता राईले २ विकेट लिइन्। कप्तान इन्दु बर्मा, रुविना क्षेत्री र पूजा महतोले समान १–१ विकेट लिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
