नेपालले हङकङलाई दियो ५७ रनको लक्ष्य

टस जितेर पहिले ब्याटिङ रोजेको नेपाल १८ ओभरमा ५६ रन बनाउँदै अलआउट भएको हो। 

काठमाडौँ– नेपालले हङकङमा जारी चारदेशीय महिला टी२० आई सिरिजमा हङकङसामु ५७ रनको लक्ष्य प्रस्तुत गरेको छ। 

टस जितेर पहिले ब्याटिङ रोजेको नेपाल १८ ओभरमा ५६ रन बनाउँदै अलआउट भएको हो। 

नेपालका रुविना क्षेत्रीले २५ रन बनाउनबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्। सीता रनामगर ९ रनमा आउट भइन्। रोमा थापा ७ रनमा नटआउट रहिन्।

ओपनर पुजा महतो ८ बलमा ४ रन बनाउँदै रन आउट भइन्। सम्झना खड्का र बिन्दु रावल १–१ तथा काजोल श्रेष्ठ र कप्तान इन्दु बर्मा शून्यमा आउट भए। 

घरेलु टोलीका लागि इकार सहारले ३, रुचिथा वेंकटेशले २ तथा मारिको हिल र केरि चानले समान १–१ विकेट लिए।

नेपाल पहिलो खेलमा तान्जानियासँग २७ रनले पराजित भएको थियो। फाइनल खेल्ने सम्भावना कायम राख्न नेपालले हङकङलाई हराउनैपर्ने हुन्छ।