नेपाललाई हराउँदै हङकङ फाइनलमा

नेपालले दिएको ५७ रनको विजयी लक्ष्य हङकङले ९ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्‍यो।

काठमाडौँ– नेपाललाई नौ विकेटले पराजित गर्दै घरेलु टोली हङकङ चार देशीय महिला टी२० श्रृंखलाको फाइनलमा प्रवेश गरेको छ। 

५७ रनको विजयी लक्ष्य हङकङले ९ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्‍यो। घरेलु टोलीका नतासा माइल्स ३० तथा सान्जिन सहजद् रनमा नटाउट रहे। 

त्यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको नेपाल १८ ओभरमा ५६ रन बनाउँदै अलआउट भएको थियो। 

नेपालका रुविना क्षेत्रीले २५ रन बनाउनबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्। सीता रनामगर ९ रनमा आउट भइन्। रोमा थापा ७ रनमा नटआउट रहिन्।

ओपनर पूजा महतो ८ बलमा ४ रन बनाउँदै रन आउट भइन्। सम्झना खड्का र बिन्दु रावल १–१ तथा काजोल श्रेष्ठ र कप्तान इन्दु बर्मा शून्यमा आउट भए। 

घरेलु टोलीका लागि इकार सहारले ३, रुचिथा वेंकटेशले २ तथा मारिको हिल र केरि चानले समान १–१ विकेट लिए।

नेपाल पहिलो खेलमा तान्जानियासँग २७ रनले पराजित भएको थियो।