कात्तिक ११ गतेयता सबैभन्दा धेरै सवारी दुर्घटना काठमाडौँ जिल्लामा भएको छ। काठमाडौँमा १३३, भक्तपुरमा ८४ वटा र ललितपुरमा ४९ वटा सवारी दुर्घटना भएका छन्।
काठमाडौँ– दशैँयताका २० दिनमा काठमाडौँ उपत्यकामा मात्रै २६६ वटा सवारी दुर्घटना भएको छ।
दुर्घटनामा सात जनाको मृत्यु भएको छ। ३३० जना घाइते भएको उपत्यका प्रहरी कार्यालयले जनाएको छ।
कात्तिक ११ देखि ३० गतेसम्म काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लामा आफैँ दुर्घटनामा परेको र अरूसँग ठोक्किएर दुर्घटना उक्त दुर्घटना भएको कार्यालयले जजनाएको छ। घटनामा संलग्न १०८ जनालाई प्रहरीले पक्राउ गरेको छ।
सबैभन्दा धेरै सवारी दुर्घटना काठमाडौँ जिल्लामा भएको छ। काठमाडौँमा १३३, भक्तपुरमा ८४ वटा र ललितपुरमा ४९ वटा सवारी दुर्घटना भएका छन्।
तीव्र गति र मादक पदार्थ सेवनका कारण अधिकांश दुर्घटना भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता राजेन्द्रप्रसाद भट्टले जानकारी दिए। “सार्वजनिकभन्दा निजी सवारी धेरै दुर्घटना भएका छन्,” उनले उकालोसँग भने, “यो गत वर्षभन्दा कम हो।” ट्राफिक प्रहरीले गति कम गर्नमा फोकस गरेर सचेत गराइरहेको उनको भनाइ छ।
यस्तै, २० दिनमा उपत्यकामा ३७ चोरीका घटना भएका छन्। त्यसमा एक करोड तीन लाख ६६ हजार १९५ रुपैयाँ बराबरका धनमाल चोरी भएको पनि प्रहरीले जनाएको छ।
उक्त घटनामा संलग्न रहेको आशंकामा प्रहरीले सात जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
