नेपालले जापानलाई दियो ११४ रनको लक्ष्य

नेपालको महिला टोलीले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै ११३ रन बनाएको छ। 

काठमाडौँ– हङकङमा जारी चार देशीय महिला टी२० श्रृंखलाअन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले जापानलाई ११४ रनको लक्ष्य दिएको छ। 

जापानले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै ११३ रन बनायो। 

नेपालका पुर्वकप्तान रुविना क्षेत्रीले सर्वाधिक ३८ रन बनाइन्। कप्तान इन्दु बर्माले २७ तथा पूजा महतोले १३ रनको योगदान दिए। यस्तै, काजल श्रेष्ठ १५ रनमा नटआउट रहिन्।

जापानका कुसुडा–नाइर्नले २ तथा मेग ओगावा र आयुमी फुजिकावाले समान १–१ विकट लिए।

नेपाल पहिलो दुई खेलमा पराजित हुँदै सिरिजको फाइनल दौडबाट बाहिरिइसकेको छ।