नेपाल पहिलो दुई खेलमा पराजित हुँदै सिरिजको फाइनल दौडबाट भने बाहिरिइसकेको छ।
काठमाडौँ– हङकङमा जारी चार देशीय महिला टी२० श्रृंखलामा नेपालले पहिलो जित दर्ता गरेको छ।
आफ्नो तेस्रो खेलमा नेपालले शनिबार जापानलाई ६७ रनले हराएको हो।
नेपालले दिएको ११४ रनको विजयी लक्ष्य पछ्याएको जापानले १९औँ ओभरको अन्तिम बलमा अलआउट हुँदै ४६ रन बनायो।
जापानका मेग ओगावाले १७ तथा सेइका सुमीले १३ रन बनाए। अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेन्।
नेपालका संगिता राईले ४ ओभरमा ६ खर्चेर ५ विकेट लिइन्। अस्मिना कर्माचार्यले ३ ओभरमा ९ रन खर्चिँदै २ तथा पूजा महतोले ३ ओभरमा १ मेडनसहित २ रन दिएर २ विकेट लिए।
त्यसअघि टस हारेर ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै ११३ रन बनाएको थियो।
नेपालका पुर्वकप्तान रुविना क्षेत्रीले सर्वाधिक ३८ रन बनाइन्। कप्तान इन्दु बर्माले २७ तथा पूजा महतोले १३ रनको योगदान दिए। यस्तै, काजल श्रेष्ठ १५ रनमा नटआउट रहिन्।
जापानका कुसुडा–नाइर्नले २ तथा मेग ओगावा र आयुमी फुजिकावाले समान १–१ विकट लिए।
नेपाल पहिलो दुई खेलमा पराजित हुँदै सिरिजको फाइनल दौडबाट भने बाहिरिइसकेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
