छठपर्व गुह्येश्वरी–गौरीघाट, कमलपोखरी, थापाथलीलगायत काठमाडौँ उपत्यकाका अन्य स्थानमा पनि भव्य रूपमा मनाउने गरिन्छ।
काठमाडौँ– व्रतालुहरूले काठमाडौँ उपत्यकाका कमलपोखरी, गुह्येश्वरी–गौरीघाटलगायत क्षेत्रमा छठीमाताको पूजा, आराधना एवं अर्घ्यदान गरेका छन्। तराई/मधेशमा विशेष रूपमा मनाइने छठपर्व पछिल्लो समय काठमाडौँलगायतका भूभागमा पनि उत्साहका साथ बनाइन थालिएको छ।

आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले पनि कमलपोखरी र गुह्वेश्वरी–गौरीघाटमा पुगरे सूर्यसहित छठीमाताको पूजा आराधना एवं अर्घ्यदान गरेका थिए। देशका विभिन्न भागमा भव्यरूपमा मनाइने छठ पर्वका अवसरमा राष्ट्रपतिले प्रत्येक वर्ष गुह्येश्वरी र कमलपोखरीमा सूर्यदेवसहित छठीमाताको पूजा आराधना गरी अस्ताउँदो सूर्यलाई अर्घ्य दिने परम्परा रही आएको छ।

प्रत्येक वर्ष कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने छठपर्व गुह्येश्वरी–गौरीघाट, कमलपोखरी, थापाथलीलगायत काठमाडौँ उपत्यकाका अन्य स्थानमा पनि भव्य रूपमा मनाउने गरिन्छ। छठ पर्वका अवसरमा पहिलो दिन अस्ताउँदो सूर्यको पूजा गरी अर्घ्य दिन राजधानीका अन्य स्थानका साथै यहाँको छठ घाट पनि भव्य रूपमा सजाइएको थियो।

छठपर्व हेर्ने सर्वसाधारणहरूको पनि छठघाटमा उल्लेख्य भीड रहेको थियो। गुह्येश्वरी, गौरीघाट, कमलपोखरी, थापाथली, कुपण्डोल, नख्खु खोला, विष्णुमती र बागमती नदी किनारमा छठघाट निर्माण गरी सजाइएको छ। यी स्थानमा छठ घाटसँगै छठीमाताको माटाको मूर्ति पनि निर्माण गरी पूजा आराधना गरिएको छ।

आइतबार बेलुकी अस्ताउँदो सूर्यलाई पूजा आराधनासहित अर्घ्य दिएका व्रतालु सोमबार बिहान सूर्य नउदाएसम्म छठ पूजास्थलमै जाग्राम बस्छन्। बिहान उदाउँदा सूर्यलाई पूजा आराधनासहित अर्घ्य दिएपछि चार दिन लामो छठ पर्व सकिन्छ।










Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
