कोहलीले सर्वोत्कृष्ट खेलाडीको अवार्ड प्राप्त गरे पनि भारतलाई उपाधि जिताउन भने सकेनन्। आइतबार सम्पन्न फाइनल खेलमा अस्ट्रेलियासँग पराजित हुँदै भारत उपविजेता बन्यो।
काठमाडौ– भारतीय ब्याटर विराट कोहली एक दिवसीय विश्वकप क्रिकेट २०२३ को सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन्। यस विश्वकपमा ११ खेलमा ७६५ रन बनाएका कोहलीलाई अन्तर्राष्ट्रिय क्रिकेट संघ (आईसीसी)ले ‘प्लेअर अफ दी टुर्नामेन्ट’ घोषित गरेको हो। उनी विश्वकपको एकै संस्करणमा सबैभन्दा धेरै रन बनाउने खेलाडी बनेका छन्।
कोहलीको यस विश्वकपमा ९५.६२ औसत तथा स्ट्राइक रेट ९०.३१ रहेको छ। यस क्रममा उनले बांग्लादेश, दक्षिण अफ्रिका र न्युजिल्यान्डका विरुद्ध तीन शतक लगाए। योसँगै उनले एक दिवसीय विश्वकपमा ५० शतक बनाउने पहिलो खेलाडीको कीर्तिमानी पनि बनाए। यसअघि भारतीय क्रिकेटर सचिन तेन्दुलकरको ४९ शतकको कीर्तिमानी थियो।
भारतका पूर्व कप्तानसमेत रहेका ३५ वर्षीय कोहलीले अस्ट्रेलियासँगको फाइनल खेलमा ६३ रनको अर्धशतकसहित यस विश्वकपमा ६ पटक अर्धशतक बनाए। कोहलीले सर्वोत्कृष्ट खेलाडीको अवार्ड प्राप्त गरे पनि भारतलाई उपाधि जिताउन भने सकेनन्। आइतबार सम्पन्न फाइनल खेलमा अस्ट्रेलियासँग पराजित हुँदै भारत उपविजेता बन्यो। भारतलाई ६ विकेटले हराउँदै अष्ट्रेलियाले छैटौँ पटक एकदिवसीय विश्वकपको उपाधि जितेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
