फिफा वरीयतामा नेपालभन्दा यमन १७ स्थान अघि छ। नेपालले यमनसँग अहिलेसम्म चार खेल खेलेकोमा कुनै पनि खेल जित्न सकेको छैन।
काठमाडौँ– फिफा विश्वकप २०२६ र एएफसी एशिया कप २०२७ को संयुक्त छनोटअन्तर्गत दोस्रो चरणको दोस्रो खेलमा नेपालले मंगलबार यमनको सामना गर्दैछ।
खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ७ बजे शुरू हुनेछ।
नेपाल र यमन समूह ‘एच’मा छन्। नेपाल लाओसलाई र यमन श्रीलंकालाई पराजित गर्दै दोस्रो चरणमा पुगेका हुन्। दोस्रो चरणको पहिलो खेलमा नेपाल यूएईसँग ४–० गोल अन्तरले पराजित भएको थियो।
फिफा वरीयतामा नेपालभन्दा यमन १७ स्थान अघि छ। नेपालले यमनसँग अहिलेसम्म चार खेल खेलेकोमा कुनै पनि खेल जित्न सकेको छैन। यमनसँग खेल्नुअघि नेपालका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले यमनविरुद्धको खेलका लागि तयार रहेको र जितका लागि खेल्ने बताएका थिए।
उता, यमनका मुख्य प्रशिक्षक मिरोस्लाभ सुकोपले पनि नेपाललाई कमजोर प्रतिस्पर्धीको रूपमा नलिएको बताए। यूएईसँग सम्मानजनक प्रदर्शन गरेकाले नेपाललाई कमजोर प्रतिस्पर्धीका रूपमा नलिएको उनको भनाइ थियो।
यसैबीच नेपाल र यमनको खेल हेरेर घर फर्किने दर्शकका लागि निःशुल्क बसको व्यवस्था गरिएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार विभिन्न रुटमा १५ वटा बसको व्यवस्था गरिएको हो।
बस सेवाका लागि दर्शकले टिकटको अर्धकट्टी देखाउनुपर्ने एन्फाले जनाएको छ। टिकटदर ४०० र एक हजार रुपैयाँ तोकिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
