डिफेन्डर अनन्त तामाङ र मिडफिल्डर दिनेश हेन्जन टोलीमा फर्किएका छन्। दुवै खेलाडी चोटका कारण युएईविरुद्धको खेलमा टोली बाहिर थिए।
काठमाडौँ– अखिल नेपाल फुटबल संघ (एन्फा)ले यमनविरुद्ध खेल्ने नेपाली फुटबल टोलीको घोषणा गरेको छ।
फिफा विश्वकप २०२६ र एएफसी एशियन कप २०२७ संयुक्त छनोटको दोस्रो चरणअन्तर्गत मंगलबार हुने खेलका लागि २३ सदस्यीय टोली घोषणा गरेको हो।
खेल मंगलबार बेलुका ७ बजेदेखि त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ। डिफेन्डर अनन्त तामाङ र मिडफिल्डर दिनेश हेन्जन टोलीमा फर्किएका छन्। दुवै खेलाडी चोटका कारण युएईविरुद्धको खेलमा टोली बाहिर थिए। उक्त खेलमा घाइते भएका मिडफिल्डर लकेन लिम्बु भने टिममा छैनन्।
युएईविरुद्ध खेलेका निसान हमाल पनि यमनविरुद्ध खेल्ने टिममा छैनन्। समूहको पहिलो खेलमा नेपाल युएईसँग पराजित भएको थियो।
नेपाली टोली
गोलकिपर: किरणकुमार लिम्बु, दीप कार्की, अभिषेक बराल
डिफेन्डर: अमृत श्रेष्ठ, अन्जन राई, अनन्त तामाङ, छिरिङ लामा, सनिश, रोहित चन्द, योगेश गुरुङ
मिडफिल्डर: एरिक विष्ट, उत्सव राई, सेसेहाङ आङदेम्बे, दिनेश हेन्जन, कृतिश रत्न छुन्चु
फरवार्ड: अन्जन विष्ट, मनिष डाँगी, जिलेस्पीजंग कार्की, आशिष चौधरी, राजेश परियार, सन्जिव विष्ट, हिसुब थपलिया आयुष घलान
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
