विश्वकप छनोट: अर्जेन्टिनासँग ब्राजिल पराजित

बुधबार बिहान ब्राजिलको माराकाना रंगशालामा भएको खेलमा अर्जेन्टिना १–० ले विजयी भएको हो। 

काठमाडौँ– फिफा विश्वकप २०२६ को दक्षिण अमेरिकी छनोटमा ब्राजिल अर्जेन्टिनासँग पराजित भएको छ। 

बुधबार बिहान ब्राजिलको माराकाना रंगशालामा भएको खेलमा अर्जेन्टिना १–० ले विजयी भएको हो।

अर्जेन्टिनाको जितमा निकोलास ओटामेन्डीले ६३औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो। उनले सेल्सोको पासमा हेडर गोल गरेका थिए। 

खेलको ८१औँ मिनेटमा घरेलु टोली १० खेलाडीमा सीमित बन्यो। अर्जेन्टिनाका डि पललाई हातले धकेलेपछि ब्राजिलका जोइलिन्टनलाई रेफ्रीले सिधै रातो कार्ड दिएर मैदान बाहिर पठाएका थिए। 

जितसँगै अर्जेन्टिना ६ खेलमा १५ अंकसहित तालिकाको शीर्षस्थानमा छ। समान खेलमा ७ अंक जोडेको ब्राजिल भने सातौँ स्थानमा छ।