पोखरा क्रिकेट मैदानमा बिहीबारदेखि शुरू भएको केपी ओली टी२० क्रिकेट प्रतियोगितामा बागमतीले मदन भण्डारी स्पोर्ट्स एकेडेमी रातोलाई १०९ रनले पराजित गरेको छ।
काठमाडौँ– बागमती प्रदेशले केपी ओली टी२० क्रिकेट प्रतियोगितामा सुखद शुरूआत गरेको छ। पोखरा क्रिकेट मैदानमा बिहीबारदेखि शुरू भएको केपी ओली टी२० क्रिकेट प्रतियोगितामा बागमतीले मदन भण्डारी स्पोर्ट्स एकेडेमी रातोलाई १०९ रनले हराएको हो।
मदन भण्डारी स्पोर्ट्स एकेडेमीको आयोजनामा भएको टी२० क्रिकेट प्रतियोगितामा १८४ रनको लक्ष्य पछ्याएको आयोजक १४.२ ओभरमा ७५ रनमै समेटिन पुग्यो। बागमतीको धारिलो बलिङसामु आयोजक समालिन सकेन।
कप्तान सन्दीप लामिछानेले चार ओभरमा १६ रन खर्चिएर ४ विकेट लिए। सुवास खत्रीले तीन तथा प्रतिश जिसीले दुई र रिजन ढकालले एक विकेट लिँदै आयोजकको इनिङ्स सस्तैमा रोके।
आयोजकका लागि अमर मिश्रले १३, विजय प्रजापतिले १३ र सन्तोष यादव १२ रन बनाए। निर्मल थापाले १० रन जोड्दा अन्य ब्याटरले भने दोहोरो अंकको रन बटुल्न सकेनन्। बागमतीले सहज जित निकाल्यो।
सन्दीपको कप्तानीमा उत्रिएको बागमतीले टस हारेर पहिले ब्याटिङको निम्तो पायो। बागमतीलाई ब्याटिङ गराउने आयोजकको निर्णय सही साबित भएन।
रित गौतमको ७४ रनको योगदानमा बागमतीले पूरै ओभरमा खेल्दै सात विकेटको क्षतिमा १८४ रनको योगफल तयार पार्यो। ओपनर गौतमले ५३ बलमा आठ चौका र तीन छक्का प्रहार गरे।
उनी २०औँ ओभरको अन्तिम बलमा रनआउटको शिकार भए। अर्का ओपनर शुभ कंसाकार पनि २२ बल खेल्दै २७ रनमा रनआउट भए। शुभले ४ चौका र १ छक्का हिर्काए। इसान पाण्डे सन्देश थापाको बलमा डकआउट भए। पावरप्लेमा दुई विकेट गुमाएको बागमतीको इनिङ्स ओपनर रितले अगाडि बढाएउँदै अन्तिमसम्म पुर्याए।
प्रतिक श्रेष्ठ १४ रन बनाउने क्रममा सन्तोष यादवको बलमा आउट हुन पुगे। प्रतिश जिसी पनि बिप्रासन केसीको बलमा ९ रनमै पभेलियन फर्किए। बलर केसीले १४औँ ओभरमा २४ रन खर्चिएर दुई विकेट लिए।
सो ओभरमा उनले सन्दीपको विकेट पनि लिए। लामिछानेले उनलाई लगातार तीन छक्का हिर्काएर दबाब राखे पनि ओभरको अन्तिम बलमा आउट भए। गौरभ खड्का १७ रनमा अविजित रहे। एकेडेमीका केसीले तीन ओभरमा ३९ रन खर्चिएर ३ विकेट लिए। सन्देथ थापा र सन्तोष यादवले समान १-१ विकेट लिए।
प्रतियोगिताको विजेताले नगद ५ लाख र उपविजेताले २ लाख ५० हजार नगदसहति मेडल र ट्रफी प्राप्त गर्ने छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
