प्रतिष्ठानमा सेवारत २४ जना प्राध्यापकले चार महिनादेखि तलब र भत्तालगायत सुविधाबापतको रकम नपाएको बताएका छन्।
मनहरी– मकवानपुरस्थित मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको पठनपाठन १५ दिनदेखि ठप्प छ। तलब र भत्ताबापतको रकम नपाएको भन्दै प्राध्यापकहरू विरोधमा उत्रिएपछि पठनपाठन ठप्प भएको हो।
प्रतिष्ठानमा सेवारत २४ जना प्राध्यापकले चार महिनादेखि तलब र भत्तालगायतका अन्य सुविधाबापतको रकम नपाएको प्रतिष्ठान, प्राध्यापक कल्याणकारी समिति हेटौँडाका अध्यक्ष विश्वास सापकोटाले बताए। उनका अनुसार प्रतिष्ठानमा गत कात्तिक २२ गतेदेखि पठनपाठन ठप्प छ।
“प्रतिष्ठानले प्राध्यापकको दैनिकी नै चलाउन समस्या पर्ने अवस्थामा पुग्दासमेत तलब भत्ता र अन्य सुविधाबापतको रकम भुक्तानी नदिएकाले ‘पेनडाउन’ गरेका हौँ,” अध्यक्ष सापकोटाले भने। पठनपाठन बन्द हुँदा विद्यार्थी मर्कामा परेका छन्।
साउनको तलब सुविधाबापतको रकम पनि संघर्षपूर्ण तवरबाट प्राप्त गरेको र त्यसयताको रकम भुक्तानीमा प्रतिष्ठानले कुनै चासो नदिएको उनको भनाइ छ। तलब भत्तालगायतका सुविधाबापतको रकम माग गर्दा प्रतिष्ठानले मन्त्रालयले पैसा नपठाएको भन्ने जवाफ दिने गरेको प्राध्यापक बताउँछन्।
प्रतिष्ठानका शिक्षाध्यक्ष डा. सुदर्शन शेरचनले प्रदेश सरकारले छात्रवृत्तिबापतको रकम प्रतिष्ठानमा नपठाउँदा प्राध्यापकहरूको तलब भत्ताबापतको रकम भुक्तानी दिन समस्या भएको बताए।
प्रतिष्ठानले स्नातक तहको नर्सिङ, फार्मेसी, पब्लिक हेल्थ र ल्यावरोटरी विषयमा चिकित्सा शिक्षा आयोगले तोकेको कोटामा विद्यार्थी सहभागी गराएर अध्यापन गराइरहेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
