चिनियाँ अधिकारीले भनेका छन्, “नयाँ रोगको लक्षण फेला परेको छैन। यो सामान्य फ्लु हो, जुन हरेक वर्ष यस मौसममा हुन्छ।”
चीनमा निमोनियाका बिरामी बढेपछि त्यहाँको स्वास्थ्य प्रणाली फेरि एकपटक चर्चामा आएको छ। निमोनियाका कारण बालबालिकालाई श्वासप्रश्वासमा समस्या भइरहेको छ।
यो संक्रमण केही हदसम्म कोभिड–१९ को प्रकोपसँग जोडिएको थियो, त्यसैले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले यस चिन्तालाई सम्बोधन गर्न चिनियाँ अधिकारीसँग थप जानकारी मागेको थियो।
चिनियाँ अधिकारीले भनेका छन्, “नयाँ रोगको लक्षण फेला परेको छैन। यो सामान्य फ्लु हो, जुन हरेक वर्ष यस मौसममा हुन्छ।”
चीनमा बढ्दो यो रोगको बारेमा स्वास्थ्य विज्ञले सामान्य ब्याक्टेरियाको संक्रमणले हुने निमोनियाका ‘केस’हरू बढिरहेको बताएका छन्। माइकोप्लाज्मा निमोनिया, आरएसभी, एडेनोभाइरस र इन्फ्लुएन्जाका कारण अस्पतालमा भर्ना हुने बिरामीको संख्या बढेको चिनियाँ स्वास्थ्य अधिकारीहरूले डब्ल्यूएचओलाई बताएका छन्। कुनै नयाँ रोग फेला नपरेको उनीहरूको भनाइ छ।
“यो समयमा रोग बढ्दै जान्छ र श्वासप्रश्वाससम्बन्धी रोग पनि जाडोमा असामान्य छैनन्। त्यसैले अहिले यसैकारण कुनै पनि यात्रामाथि प्रतिबन्ध लाउनुपर्ने आवश्यकता छैन,” त्यसपछि डब्ल्यूएचओले भनेको छ, “आधारभूत सावधानी भने अपनाउन आवश्यक छ। मास्क लगाउने, बिरामी हुँदा घरमै बस्ने र नियमित हात धुनेमा ध्यान दिनुपर्छ।”

यो कस्तो निमोनिया के हो?
माइकोप्लाज्मा निमोनिया एक ब्याक्टेरिया हो जसले सामान्यतया हल्का संक्रमण निम्त्याउँछ। लक्षण सामान्य रुघाखोकी जस्तै हुन्छ। यसको उपचारका लागि अस्पतालमा भर्ना भइहाल्नु पर्दैन। तर इम्युनोकम्प्रोमाइज्ड प्रणाली भएका साना बच्चालाई निमोनियाको जोखिम उच्च हुन्छ। यसले भने अभिभावकलाई चिन्तित तुल्याएको छ।
स्थानीय सञ्चारमाध्यमले चीनका धेरै अस्पतालहरू बालबालिकाले भरिएको र केही परिवारले डाक्टरलाई भेट्न घण्टौँसम्म कुर्नुपरेको उल्लेख गरेका छन्। चिनियाँ सामाजिक सञ्जाल पनि भीडभाड भएका प्रतीक्षालय र बिरामीको तस्वीरले भरिएको छ।
यतिबेला मानिसको मनमा सबैभन्दा ठूलो प्रश्न यो संक्रमण भयो भने के गर्ने भन्ने हो। चिकित्सकका अनुसार धेरैजसो मानिस आफैँ वा सामान्य रुघाखोकीको औषधिले केही दिनमै यसबाट निको हुनेछन्। अधिक गम्भीर रोगमा सामान्यतया एन्टिबायोटिक्स प्रयोग गर्नुपर्छ। यो विशेष गरी चिन्ताजनक छ किनभने चीनमा विश्वमा माइकोप्लाज्मा निमोनियाको सबैभन्दा धेरै घटना छन् जुन म्याक्रोलाइड भनिने एन्टिबायोटिकको एक वर्गको प्रतिरोधी छ।
किन चीनमै बढ्यो निमोनिया?
चीन यस रोगसँग लडिरहेको छ। तर यो स्पष्ट छैन किन माइकोप्लाज्माको ठूलो प्रकोप सामना गर्ने चीन मात्र पहिलो देश बनेको छ। जबकि अमेरिका र युरोपका देश पनि फ्लु र आरएसभीसँग संघर्ष गरिरहेका छन्। एउटा अध्ययनले के देखाएको छ भने माइकोप्लाज्मा निमोनिया चीनमा कोभिड प्रतिबन्धका कारण करिब दुई वर्षसम्म नियन्त्रणमा थियो, अहिले त्यो हटाइएको छ। अन्य देशले महामारी प्रतिबन्धपछि श्वासप्रश्वास रोगमा समान वृद्धि भएको अनुभव गरेका छन्।
चीनमा फैलिएको यो रोगले विश्वभर चिन्ता बढाएको छ। यसले मानिसलाई कोरोना महामारीको प्रारम्भिक दिनको सम्झना गराउँदैछ। जुन पहिलो पटक चीनको वुहान शहरमा देखिएको थियो। यद्यपि, कोरोनाको विपरीत, माइकोप्लाज्मा एक प्रसिद्ध र सामान्य रोग हो जसले हरेक केही वर्षमा नयाँ प्रकोप निम्त्याउँछ।
योसँगै अन्य भाइरस पनि फैलिरहेका छन्। जसका कारण यो जाडोमा विश्वभरका देशले विभिन्न किसिमका रोगजन्य महामारीको सामना गर्नुपर्ने हुनसक्ने सम्भावना छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
